|
गिरिजाप्रसाद कोइरालाको देहावसान
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नेपाली राजनीतिक वृत्तका एकजना चर्चित नेता नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा शनिबार दिउसो करिब
सवा बाह्र बजे निधन भएको छ।
उनी लामो समयदेखि श्वास-प्रश्वास सम्बन्धी दीर्घकालीन रोग सीओपीडीबाट पीडित थिए। रोगका कारण रगतमा अक्सीजनको मात्रा कमी हुने गरेकाले उनले नियमित रुपमा अक्सीजन लिने गरेका थिए। निगरानी पछिल्लो समय उनलाई चौबीसै घन्टा अक्सीजन दिइने गरिएको थियो। उनको रगतमा अक्सीजनको मात्रा असाध्यै कम भएपछि गत आइतबार उनलाई गंगालाल अस्पतालमा भर्ना गरेर रगत चढाइएको थियो। करिब तीन वर्षदेखि उनी डाक्टरहरुको प्रत्यक्ष निगरानीमा थिए। गत बुधबार दिउसो अस्पतालबाट डिस्चार्ज भएका उनलाई बिहीबार रातीदेखि तारन्तार पखाला लाग्न थालेपछि स्वास्थ्य स्थिति थप बिग्रेको थियो। शनिबार विहान पाँच बजेदेखि उनी अचेत भएका चिकित्सकहरुले बताएका थिए। भीड उनको निधन भएको झण्डै एक घण्टामा सुजाता निवास मण्डिखाटारमा बसेको कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकपछि मात्र वरिष्ठ नेता शेरबहादुर देउबाले बाहिर आएर कोइरालाको निधन भएको खबर सुनाएका थिए। उनी सिकिस्त भएको खबर सुने लगत्तै शुक्रवारदेखि नै विभिन्न दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको थियो। कोइरालाको निधन भएको खबर फैलिएपछि श्रद्धान्जली दिनेहरुको भीड बढेको थियो। कोइरालाको पार्थिव शरीरलाई श्रद्धान्जलीका निम्ति आइतबार दिनभरी दशरथ रंगशालामा राखी साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली काँग्रेसले जनाएको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||