|
चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ।
चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसको केन्द्रविन्दु चिलिको मध्यतिर रहेको एउटा शहर कन्शेपशीयन मा रहेको बताइएको छ। उक्त क्षेत्रसँग सन्चार सम्पर्क विच्छेद भएको छ। राजधानी स्यानटियागो र मुलुकभर तीस सेकेन्डसम्म भूकम्पको धक्का महशुस गरिएको थियो। राष्ट्रपति मिशेल बेशलेट राजधानीमा रहेको आपतकालीन केन्द्रमा तत्काल पुगेकी थिइन जहाँ भूकम्पले कति खराबी गरेको छ र उद्दार कसरी गर्ने भन्ने विषयमा निधो गर्न कोशीस भइरहेको थियो। उनले नागरिकलाई शान्त रहन आग्रह गर्दै भूकम्प गएको क्षेत्रका सडक, अस्पताल, भवनहरु र त्यहाँका बासिन्दाहरूलाई परेको प्रभावबारे पत्ता लगाउने प्रयास भइरहेको बताइन्। अमेरिकी भूगर्भ विभागले भूकम्प जमीनभन्दा ३५ किलोमीटर मुनी गएको बताएको छ। त्यो भूकम्पले समुद्री आँधी सुनामी समेत पैदा गरेको छ। प्रशान्त क्षेत्रमा पर्ने अमेकरिकाको वेष्ट कोष्टदेखि न्यूजील्याण्डसम्म मानिसहरुलाई सुनामीबारे सचेत गराइएको छ। इस्टर आइल्याण्डको आंशिक क्षेत्रबाट त मानिसहरुलाई बाहिर लग्न निर्देशन दिइएको छ। प्रशान्त क्षेत्रको सुनामी सम्बन्धि सूचना दिने केन्द्रले हवाइका टापुहरुका सबै किनारहरु खतरामा रहेको जनाएको छ। सुनामी चिलि, इक्वेडर, पेरु, कोलोम्बीया र पनामामा पनि सुनामी चेतावनी जारी गरिएको छ। सन १९६० मा चिलिमा ९.६ रेक्टर स्केलको भूकम्प गएको थियो जसमा छ हजार मानिसहरुको ज्यान गएको थियो र हजारौं किलोमीटरसम्म समुद्री छालले प्रभाव पारेको थियो। गत वर्ष पनि चिलिमा दुईवटा ठूला भूकम्प गएका थिए। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||