Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
24 फेब्रुअरी, 2010 21:11 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
मेरो दुनियां लघु फिल्म प्रतियोगिताका नियम र शर्तहरू
 
My World फिल्म प्रतियोगिताका
नियम तथा शर्तहरू

1. बीबीसीको अन्य प्रतियोगिताहरूमा लागू हुने आचार संहिता यो लघु फिल्म प्रतियोगितामा पनि लागू हुनेछ। यसबारेमा थप जानकारी यो लिंकमा गएर पाउन सकिन्छ: bbc.co.uk/competitionspolicy

2. यो प्रतियोगिता सबैका लागि खुला छ, तर बीबीसका कर्मचारी अथवा यस संग सम्बद्धहरू र तिनका नजीकका नातेदारहरू अथवा यो प्रतियोगितासंग जोडिएका व्यक्तिहरू यसमा सहभागि हुन पाउने छैनन्। सहभागि हुन चाहनेहरूको उमेर १८ बर्ष भन्दा कम छ भने तिनको अभिभावकले सहभागिताका लागि स्वीकृति दिनुपर्छ र यस्को जानकारी सहभागिता फारममा गराएर, यो नियम र शर्तहरू सहभागिले पालना गरेको छ भनेर पुष्टि गर्नुपर्छ। उमेर जनाउने प्रमाण, परिचयपत्र र सहभागिताको योग्यता बारेका जानकारी बीबीसीले माग्न सक्नेछ।

3. सहभागिहरूले एउटा डक्युमेन्ट्री फिल्म बनाउनु पर्नेछ र त्यसको विषयबस्तु- मेरो दुनियां अर्थात My World भन्ने हुनुपर्नेछ, र त्यसको अवधि दुई मिनेट भन्दा लामो हुनु हुंदैन। सहभागि फिल्म तल उल्लेखित पांच महादेशका लागि सम्बन्धित हुने खालको हुनुपर्नेछ: अफ्रिका, अमेरिका, युरोप, एशिया र ओसेनिया। यो विषयबस्तुलाई कसरी बुझ्ने भन्ने बारे थप जानकारीका लागि कृपया बीबीसीको My World वेबसाईटमा जानुस्: www.bbc.com/superpower

4. यो प्रतियोगिता सन् २०१० को जेनुअरी २५ तारिख जीएमटी अनुसार विहानको दशबजे देखि खुला भएको छ, यो मिति भन्दा अगाडि प्राप्त फिल्म स्वीकार गरिने छैन।
5. फिल्महरू My World वेबसाइटको सहभागि फारममा रहेको अपलोडर मार्फत पठाएर दर्ता गर्नुपर्दछ। www.bbc.com/superpower त्यहां रहेको अपलोडरले स्वीकार गर्न सक्ने भिडियो फाइलको अत्यधिक आकार ५० एमबी मात्र छ।

क। त्यो अपलोडर निम्न प्रकारका भिडियो फाइलहरू मात्र स्वीकार गर्छ:
avi, mov, wmv,mp4, mpg, flv, 3gp, wav, mp3, wma

ख। अपलोडर फेला पार्न www.bbc.com/superpower वेबसाइटमा जानुस् र My World पेज हेर्नुस्

ग। फिल्म अपलोड गर्न कुनै प्राविधिक समस्या परेको खण्डमा कृपया myworld@bbc.co.uk मा इमेल गरेर Mh World टोलीलाई सम्पर्क गर्नुहोला।

6. सहभागिहरूले फारम भर्नुपर्ने पेजमा मागिए अनुसार थप जानकारीहरू पनि पठाउनु पर्दछ। कृपया त्यहां मागिए बमोजीमका कुराहरूलाई कपी गरेर इमेल मार्फत myworld@bbc.co.uk मा पठाउनुहोला।

7. बीबीसीले तपाईंका व्यक्तिगत जानकारीहरूलाई यो प्रतियोगितासंग सम्बन्धित कामका लागि मात्र प्रयोग गर्नेछ। कृपया बीबीसीको गोपनीयता सम्बन्धि नीति हेर्नुस्। www.bbc.co.uk/privacy

8. प्रतियोगिताका लागि फिल्म पठाउने अन्तिम म्याद यहि आउंदो मार्च महिनाको १२ तारिख जीएमटी अपरान्ह चार बजेभित्र। त्यसपछि प्राप्त हुने फिल्मलाई स्वीकार गरिने छैन, त्यसैले कृपया अन्तिम समयसम्म प्रतिक्षा नगर्नुहोला। दर्ता गरिएका फिल्महरू फिर्ता गरिने छैन। त्यसैले आफ्नो कामको एउटा प्रतिलिपी आफैसंग राख्‍नुहोला।

9. सहभागिहरूले आफ्नो सहभागिता मात्र दर्ता गर्न पाउनेछन्। एकजनाले एउटा मात्र फिल्म पठाउन सक्नेछ। यदि तपाईंले एकभन्दा बढी फिल्म पठाउनुभयो भने सबभन्दा पहिले जुन फिल्म पठाएको हो त्यसलाई मात्र स्वीकार गरिनेछ।

10. फिल्मको लम्बाई, टाइटल र क्रेडिट सहित कूल दुई मिनेट भन्दा लामो हुनु हुंदैन।

11. फिल्म पूर्ण रूपमा मौलिक हुनुपर्नेछ र सहभागिको आफ्नो काम हुनुपर्दछ। फिल्ममा अन्य तेस्रो पक्षको सामग्री( जस्तो की: आर्काइभ फुटेजहरू) हुनु हुंदैन। सहभागिहरूले सबै सिर्जनात्मक विचारहरूको निम्ति जीम्मेवार हुनुपर्छ र सहभागिहरूले नै फिल्म खिचेको र सम्पादन गरेको हुनुपर्दछ।

12. फिल्मले कुनै कपीराइट उलंघन गरेको हुनु हुंदैन। त्यसले तेस्रो पक्षको अधिकार उलंघन, गोपनीयता हनन् र कुनै कम्पनी वा ब्यक्तिको अपमान गरेको हुनु हुंदैन। यदि सहभागिहरूले यि नियमहरूको पालना नगरेको खण्डमा बीबीसीले कुनै दायित्व स्वीकार गर्ने छैन र यि नियमहरुको उलंघनबाट यदि कुनै तेस्रो पक्षले गर्ने उजुरीबाट सहभागिले बीबीसीलाई अलग्गै राख्‍न स्वीकार गर्नुपर्छ।

13. सहभागि फिल्ममा ब्राण्डेड उत्पादन र लोगोलाई कुनै सम्पादकीय कारण बिना प्रमुखताका साथ देखाउनु हुंदैन। खेलौना अथवा अन्य चलचित्रका सजीलै चिनिने चरित्रहरू जस्ता ट्रेडमार्क भएका उत्पादनहरूलाई फिल्मले अनावश्यक महत्व दिनु हुंदैन।

14. फिल्ममा अपमानजन, अश्लील, आपत्तिजनक अथा अन्य अनुपयुक्त सामग्रीहरू हुनुहुंदैन। सहभागि फिल्म बीबीसीले सबै उमेर समूहका दर्शकहरूलाई देखाउन मिल्ने खालको हुनुपर्दछ।

15. फिल्मले कुनै व्यक्तिको अनुमति विना, उक्त व्यक्तिलाई सजीलै पहिचान गर्न सकिने गरी उस्को थर, विद्यालयको नाउं, विद्यालयको पोशाक, स्पोर्ट्स क्लबको नाउं, ठेगाना, टेलिफोन नम्बर अथवा कुनै विशेष ठाउंको विवरण देखाउन वा उल्लेख गर्न हुंदैन।

16. फिल्ममा सहभागि बाहेक अर्को ब्यक्ति पनि देखिन्छ भने ति व्यक्तिलाई आफ्नो फिल्म खिचिंदैछ भन्ने बारेमा जानकारी हुनुपर्छ र प्रतियोगितामा दर्ता गरिने फिल्ममा संलग्न सबैबाट स्वीकृती लिइनुपर्छ। (१८ बर्षभन्दा मुनिको हकमा तिनका अभिभावकको स्वीकृति लिनुपर्छ) यदि तर्कसंगत तरिकाले सहभागि फिल्ममा रहेका व्यक्तिहरूलाई तिनको फिल्म खिचिंदैछ भन्ने थाहा छैन वा तिनलाई कु्नै तरिकाले लाजमर्दो पारिंदैछ भन्ने लागेको खण्डमा बीबीसीले त्यो फिल्मलाई रद्द गर्न सक्ने अधिकार राख्दछ।

17. फिल्ममा तपाईं संगीतको प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसमा तपाईं आफैले लेखेको र सिर्जना गरेको संगित मात्र प्रयोग गर्नुपर्छ। व्यापारिक रूपमा वा अरू कसैले रेकर्ड गराएको(उदाहरणका लागि सीडी अथवा इन्टरनेटबाट डाउनलोड गरिएको) संगीतको प्रयोग गर्न पाईंदैन। त्यसो गरेको पाइएमा तपाईंको फिल्मलाई स्वीकार गरिने छैन।

18. दर्ता गरिएका फिल्महरूलाई स्वीकार गर्नका लागि प्रत्येक सहभागिले - यो प्रतियोगितामा भाग लिएर- बीबीसीलाई (बीबीसी स्वयं वा अन्य अधिकार प्रदान गरिएकाहरूलाई) ति फिल्महरूको प्रयोग सर्वसाधारणहरूसंग सम्पर्क कायम गर्नका लागि ( प्रसारण र इन्टरनेट प्रयोगका लागि समेत) र यो प्रतियोगिताको अन्य उपयोगका लागि अनुमति प्रदान गर्दछ। यो प्रतियोगिता समाप्त नभएसम्म त्यस्तो अधिकार कायमै रहनेछ।

19. फिल्मको कपीराइट सहभागिसंगै कायम रहनेछ तर अनलाइन लगायतका सबै मिडियामा प्रसारण गर्नका लागि बीबीसीलाई गैरविशिष्ट, non-exclusive अधिकार प्रदान गरिएको छ।

20. सहभागिले बीबीसीलाई दर्ता गरिएको फिल्म आफ्नो एकल तजबीजमा यो प्रतियोगिता र प्रसारणका लागि आवश्यकता अनुसार सम्पादन वा परिवर्तन गर्ने अनुमति प्रदान गर्दछ।

21. प्रतियोगितामा सहभागि भएर प्रतियोगिले यसमा भाग लिने कानूनी हैसियत आफ्नो भएको र यो नियम र शर्तहरू पालना गर्न स्वीकार गरेको ठहर्नेछ।

22. प्रतियोगिता अवधिभर केहि छानिएका फिल्महरू टेलिभिजन र अनलाइनमा देखाइने छ। केहि सहभागिहरूलाई बीबीसीले अन्तर्वार्तामा पनि लिन सक्नेछ र यि अन्तर्वार्ताहरू टेलिभिजन र अनलाइन प्रसारण पनि गरिनेछ। तर त्यो निर्णय प्रकृयाको कुनै भाग हु्ने छैन र निर्णय प्रकृयामा त्यसको कुनै प्रभाव पर्ने छैन।

23. सहभागि फिल्महरूलाई निम्न आधारहरूमा परिक्षण गरिनेछ:
क। सिर्जनशीलता, Creativity
ख। कथा प्रस्तुतीको दरिलोपन ( उदाहरणका लागि भावनात्मक रूपमा मन छुने, विषयबस्तु अनुसार महत्वपूर्ण), strength of storytelling
ग। दृश्यको प्रभाव र महत्वाकांक्षा Visual impact and ambition

24. सहभागि फिल्महरूलाई निम्न प्रकृया अनुसार मूल्यांकन गरिनेछ:

क। प्रतियोगिता बन्द भएपछि सबै दर्ता भएका फिल्महरू बीबीसीको निर्माण टोलीले हेर्नेछ। नियम र शर्तहरू पालना नभएका फिल्महरूलाई यो चरणमा अस्वीकृत गरिनेछ। बीबीसीको निर्माण टोलीले माथिका आधारहरू अनुसार हरेक महादेशबाट (गुणस्तरमा अधारित) पचासवटा सम्म फिल्महरूको प्रारम्भिक सूची बनाउनेछ। प्रत्येक महादेशलाई एकजना स्वतन्त्र विशेषज्ञ क्युरेटर छुट्याइने छ, र तिनीहरूलाई तिनको महादेश अनुसार प्रारम्भिक छनौटको सूची प्रदान गरिनेछ। त्यसपछि प्रत्येक क्युरेटरले प्रत्येक फिल्मलाई माथिका आधार अनुसार १ देखि १० सम्मको अंकको आधारमा मूल्यांकन गर्नेछ।
क। सिर्जनशीलता, Creativity
ख। कथा प्रस्तुतीको दरिलोपन ( उदाहरणका लागि भावनात्मक रूपमा
मन छुने, विषयबस्तु अनुसार महत्वपूर्ण), strength of storytelling
ग। दृश्यको प्रभाव र महत्वाकांक्षा Visual impact and ambition

ख। यसरी प्राप्त अंकले प्रत्येक क्युरेटरलाई दशवटा सर्वोत्तम फिल्म आफ्नो महादेशबाट छान्ने अवसर दिनेछ। त्यसपछि तिनीहरूले ति फिल्महरूको एउटा रनींग अर्डर बनाउने छन् जस्लाई एकैसाथ सम्पादन गरिनेछ र बीबीसीको तजबीजमा टेलिभिजन वा अनलाइनमा प्रसारण गरिनेछ।

अंक दिने प्रकृयाले पांच मध्येका हरेक महादेशबाट छानिएका सबैभन्दा बढी अंक पाउने फिल्मलाई पनि उल्लेख गर्नेछ।

ग। त्यसरी सर्वाधिक अंक पाउने पांचवटा फिल्महरूका बारे पांच जना क्युरेटरहरूले छलफल गरेर समग्रमा सबैभन्दा उत्कृष्ट फिल्मको चयन गरेपछि पुरस्कार प्रदान गरिनेछ। समग्रमा सर्वोत्कृष्ट फिल्मको चयन गर्न क्युरेटरहरूबीच सहमति हुन नसकेको खण्डमा, क्युरेटरहरूको प्यानलले फेरि छलफल गर्नेछ। त्यसपछि पनि कु्नै सहमति हुन नसकेमा बीबीसीको निर्माण टोलीले दिने मत निर्णायक हुनेछ।

25. प्रसारणका लागि क्युरेटरको छनौटमा परेका प्रत्येक सहभागिलाई (विजेता सहित) सन् २०१० को मार्च १५ तारिख पछि शुरू हुने हप्तामा बीबीसीको कार्यक्रम निर्माण टोलीले सम्पर्क गर्नेछ। सक्दो प्रयास गर्दा पनि विजेताका रूपमा चुनिएका सहभागिलाई सम्पर्क गर्न नसकिएको खण्डमा अर्को उत्कृष्ट सहभागिलाई पुरस्कार दिने अधिकार बीबीसीसंग सुरक्षित रहन्छ।

26. छानिएका एकजा विजेतालाई दिने पुरस्कार एउटा सेमी प्रोफेशनल एचडी मिनी-डीभी क्यामकर्डर (semi professional HD mini-DV camcorder) हुनेछ। पुरस्कार पहिले उल्लेख गरिए अनुसार नै हुनेछ र त्यसलाई साट्ने वा अरूलाई दिने गरिनेछैन। पुरस्कारको विकल्पमा रकम दिइनेछैन।

27. फिल्म प्रसारण गरिएको सहभागिको नाम सार्वजनिक गरिनेछ। आवश्यक परेको खण्डमा प्रतियोगिता सिद्धिएपछि हुने कुनै पनि प्रचारप्रसारको काममा भाग लिन सहभागिले स्वीकृती दिनुपर्छ।

28. बीबीसीको निर्णय नै अन्तिम हुनेछ र यसमामिलामा कुनै पत्राचार गरिने छैन। असफल सहभागिहरूलाई सम्पर्क गरिने छैन।

29. यहां उल्लेखित कुनै पनि नियम र शर्तहरूको पालना नगर्ने फिल्मलाई अयोग्य ठहर्याउने अथवा रोक्का गर्ने अथवा फिल्मले आवश्यक स्तर हासिल नगरेको लागेमा पुरस्कार प्रदान नगर्ने अधिकार बीबीसीसंग हुनेछ।

30. यो प्रतियोगितालाई, आवश्यक ठानिएको अवस्थामा वा नियन्त्रण बाहिरको स्थिति उत्पन्न भएको अवस्थामा, कुनै पनि चरणमा रद्द गर्ने अधिकार बीबीसीसंग हुनेछ। यस्तो स्थितीमा My World वेबसाइटमा सुचना राखिनेछ।

31. कुनै पनि चरणमा पुरस्कार परिवर्तन गर्ने लगायत यी नियम तथा शर्तहरूमा फेरबदल गर्ने अधिकार बीबीसीसंग हुनेछ। त्यस्तो अवस्थामा My World वेब साइटमा सूचना जारी गरिनेछ।

32. बीबीसी, यसका sub contractorहरु, subsidiary हरू र/अथवा एजेन्सीहरूले सहभागिले दर्ता गर्ने क्रममा फिल्म हराउने अथा राम्ररी दर्ता नहुने जस्ता समस्या हुने गरी सर्भर, इन्टरनेट एक्सेस, प्रणाली कुनै पनि प्राविधक खराबी वा समस्या देखा परेको खण्डमा कुनै पनि जीम्मेवारी स्वीकार गर्नेछैनन्। फिल्म पठाएको प्रमाण फिल्म दर्ता भएको प्रमाणका रुप लिन सकिनेछैन।

33. यि नियम तथा शर्तहरू इङ्गल्याण्ड र वेल्सको कानूनहरू अनुसार छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>