|
लघुफिल्म प्रतियोगिताबारे थप जानकारी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
My World, मेरो दुनियां प्रतियोगिता
बीबीसीको MyWorld प्रतियोगितका लागि आफ्नो भिडियो पठाउनुस्। बीबीसी विश्व सेवाले तपाईंको दुनियांको कथा समेटिने दुई मिनेटको भिडियो बनाएर पठाउन आह्वान गरेको छ। (यो प्रतियोगिताका बारे पूर्ण विवरणका लागि तलको लिंकमा क्लिक गर्नुस्) सहभागिताका लागि दुईवटा प्रकृया पुर्याउनुपर्छ: तलको फारम भर्नुहोस्: आफ्नो नाम, इमेल ठेगाना र तपाईंको भिडियोको बारेमा थप जानकारी पनि त्यसमा संलग्न गर्नुस्। भिडियो attach गरेर पठाउन चाहिं नभुल्नुहोला नी। अनि त्यसपछि हामीलाई myworld@bbc.co.uk मा तल माग गरिए अनुसारको थप जानकारीहरू पनि पठाउनुहोला। यो निकै जरुरी छ किनकी तपाईंले प्रकृया पुर्याएर जानकारीहरू पठाउनु भएन भने प्रतियोगिताका लागि तपाईंको भिडियोलाई हामी स्वीकार गर्न सक्दैनौं। हामीलाई आवश्यक थप जानकारी (myworld@bbc.co.uk मा इमेल गरेर पठाउनुपर्ने) तपाईंले इमेल मार्फत पनि आफूले बनाएको भिडियो पठाउन सक्नुहु्न्छ: ठेगाना हो myworld@bbc.co.uk •नाम •उमेर (१८ बर्ष भन्दा कम भएमा) – यदि तपाईंको उमेर १८ बर्ष भन्दा कम छ भने कृपया यो प्रतियोगितामा भाग लिन तपाईंलाई अभिभावकको स्वीकृत प्राप्त छ भनेर खुलाउनु होला। उहांहरूको पूरा नाम र सम्पर्क ठेगाना पनि उल्लेख गर्नुहोला। •भिडियो फिल्मको शिर्षक •सहभागि भएको देशको नाउं •भिडियो खिचिएको देशको नाउं •भिडियो कथावस्तुको छोटकरी विवरण •भिडियोको मूल भाषा •बोलिएका सबै सम्बादको अंग्रेजी उल्था पनि संलग्न गर्नुहोला •भिडियोको समयावधि सेकेण्डमा, फिल्मको Title र Credits सहितको •तपाईंको इमेल ठेगाना •तपाईंको सम्पर्क फोन नम्बर •फिल्ममा योगदान दिने सबैको नाउं दिनुहोला •फिल्ममा योगदान दिने सबैको फोन नम्बर र इमेल ठेगाना •कृपया सहभागिताका नियम र शर्तहरू पढेको र आफूलाई मान्य भएको खुलाउनुस्
•*फिल्ममा योगदान दिने कोही १८ बर्षभन्दा कम उमेरका छन् भने कृपया तिनीहरूको उमेर र तिनीहरूका अभिभावकहरूको नाम र सम्पर्क ठेगाना दिनुहोला •फिल्ममा देखा पर्न र आफ्नो जानकारीहरु बीबीसीलाई उपलब्ध गराउन सबै सहभागी र योगदान दिनेहरूको स्वीकृती छ भनेर पुष्टि गर्नुहोस्। •फिल्ममा संगीतको प्रयोग भएको छ भने त्यो तपाईंको मूल सिर्जना हो भनेर पुष्टि गर्नुहोस् याद राख्नुस् फिल्म खिच्ने बेलामा आफू वा अरूलाई खतरामा नपार्नुस्, अनावश्यक जोखिम नलिनुस् र कुनै कानून उलंघन नगर्नुस्। हाम्रो र तपाईं आफ्नो अधिकारका बारे बीबीसीको नियम तथा शर्तहरू Terms and Conditions पढ्नुहोस्। यदि कुनै अप्ठ्यारो परेको खण्डमा कृपया myworld@bbc.co.uk मा इमेल गर्नुहोस्।
फारममा समावेश हुनुपर्ने जरूरी जानकारी * चिन्हले संकेत गरिएका जानकारीहरू अनिवार्य रूपमा आवश्यक छन्। *नाम *इमेल ठेगाना *भिडियो बारे जानकरी (५०० शब्दमा नबढाई) •भिडियो सम्बन्धि आवश्यकता: तपाईंले दर्ता गराएको व्यक्तिगत जानकारीलाई बीबीसीले आफ्नो गोपनीयता र इन्टरनेट कूकीज नीति अनुसार प्रयोग गर्नेछ। तपाईंको टिप्पणीलाई
वेबसाइटमा सार्वजनिक गरियो भने त्यसमा तपाईंको नाउं र ठेगाना मात्र उल्लेख गरिनेछ। यदि तपाईं त्यसो नगरियोस् भन्ने चाहनुहुन्छ
भने आफ्नो टिप्पणी लेख्ने, कमेन्ट बक्समा त्यसबारे हामीलाई जानकारी दिनुहोस्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||