|
बीबीसी लघु फिल्म प्रतियोगिताको नतिजा
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बीबीसीको लघु फिल्म प्रतियोगिताको नतिजा मार्च १९ तारिख, शुक्रबार जीएमटी १५:३० बजे www.bbcworldservice.com/myworld मा सार्वजनिक
गरिएको छ।
"Wash, Rinse and Spin" नाम गरिएको लघु फिल्मलाई सर्वोत्कृष्ट घोषित गरिएको छ। नेपालीमा धोउ, पखाल र घुमाउ अर्थ लाग्ने शिर्षक भएको उक्त फिल्म स्पेनका Frederico Teixeira de Sampayo ले बनाएका हुन्। फिल्म स्पेनमा हाल विद्यमान बेरोजगारीको संकटका बारेमा छ र निर्णायक मण्डलले त्यसलाई समग्रमा सर्वोत्तम ठहर गरेको थियो। प्रतियोगिताबारे पुरानो जानकारी दुनियांलाई तपाईंले जस्तै गरी अरूले देख्न सक्दैनन्। तपाईं जीवनका बारे आफ्नो दृष्टिकोण अनुसार एउटा लघु फिल्म बनाउनुहोस् र बीबीसीको प्रतियोगितामा सहभागी हुनुहोस्। छनौटमा परेमा तपाईंको फिल्म बीबीसीले विश्वभरी प्रसारण गर्नेछ। (फिल्म पठाउने अन्तिम म्याद-मार्च महिनाको १२ तारिख जीएमटी अपरान्हको चारबजेसम्म) क्यामरा त्यो प्राविधिक रूपमा जति सुकै सरल भएपनि हुन्छ, किनकि महत्पूर्ण कुरा फिल्मको कथा हो। उत्कृष्ट सिर्जनाहरूलाई बीबीसी टिभी र रेडियोमा प्रसारण गरिनेछ र समग्र रूपमा उत्कृष्ट ठहरिने फिल्मको चयन गरेर विजेतालाई एउटा सेमी प्रोफेशनल एचडी डीभी क्यामकर्डर पुरस्कार स्वरूप प्रदान गरिनेछ। फिल्महरू जुनसुकै भाषामा पनि हुनसक्छन् तर तिनीहरू दुई मिनेट भन्दा लामो हुनुहुंदैन। फिल्म जस्तोसुकै क्यामराले खिचेपनि हुन्छ : मोबाइल फोन देखि क्यामकर्डरसम्मले। थप जानकारी
यो प्रतियोगीताबारे अन्य विवरणहरू तलको वेबसाइटमा गएर हेर्न सकिन्छ: र सहभागीताका लागि भर्नुपर्ने फाराम तलको लिंकबाट पाउन सकिन्छ: |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||