BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
15 नोभेम्बर, 2009 14:12 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
संसद खुलाउन सभामुख सक्रिय
 
माओवादी नेताहरु
माओवादी नेताहरु सरकारले आफुहरुसंग छलफल गर्न चासो नदेखाएको आरोप लगाउँछन्
आफ्नो आशा विपरीत आइतवार पनि संसद चल्न नसकेपछि सभामुख सुवास नेम्वाङ्गले सत्तापक्ष तथा प्रतिपक्षी दलका नेताहरुसंग छुट्टाछुट्टै भेटघाट गरेका छन्।

यसअघि सभामुख नेम्वाङ्गले प्रतिपक्षी माओवादीको दोस्रो चरणको आन्दोलन सकिएलगत्तै आइतवारदेखि संसद चल्ने संकेत दिएका थिए।

तर दलहरुबीचको गतिरोध नटुंगिएपछि उनले आफैं भेटघाट थालेका हुन्।

अवरोध

आइतवार दिउँसो बसेको संसदको बैठकमा माओवादीले नेपाली कांग्रेसका नेता टेकबहादुर चोख्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्नको निम्ति केही समय सदन चल्न दिएको थियो।

तर लगत्तै फेरी अवरोधको पुरानै घटना दोहोरियो र सदन सोमवारसम्मका लागि स्थगित गरियो।

आफुले गरेको आशा निराशामा परिणत भएपछि सभामुख नेम्वाङ्गले माओवादी नेताहरु तथा अर्थमन्त्रीसंग बेग्लाबेग्लै छलफल गरे।

छलफलकै दौरान दुईतर्फका नेताहरुबीच टेलिफोन संवादपनि गराएका सभामुख नेम्वाङ्गले अब गतिरोध तोड्न गम्भीर पहल शुरु हुने नयाँ आशा गर्न थालेका छन्।

“वहाँहरुबीच सम्पर्क शुरु भएको छ। जुन विन्दुमा यसअघिको वार्ता टुंगिएको थियो त्यहींबाट अगाडि बढ्ने कुराकानी भएको छ,” नेम्वाङ्गले बताए।

सभामुखले बोलाएको छलफलमा भाग लिएका सत्ताधारी दल नेपाली कांग्रेसका सचेतक लक्ष्मण घिमिरेले पनि सोमवारदेखि गतिरोध टुंग्याउन बुँदागतरुपमा कुराकानी हुने बताए।

तर उनी सभामुख जत्तिकै आशावादी चाहीं थिएनन्।

विगतमा साझा संकल्प प्रस्तावद्वारा सदन गतिरोध टुंग्याउने प्रयास अन्तिम चरणमा माओवादीले प्याकेज सहमतिको माग गरेपछि विफल भएको स्मरण गर्दै उनले भने, “यसपालीपनि माओवादीले सरकारको नेतृत्व परिवर्तन सहितको प्याकेज सहमतिको माग गर्योभने फेरी त्यो सम्भव हुँदैन।”

चासो

माओवादी नेताहरुभने सत्तापक्षले छलफलको निम्ति चासो नै नदेखाएको आरोप लगाउँछन्।

माओवादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटि दिवाकरका अनुसार सरकाले अझैपनि माओवादीको कुराप्रति उपेक्षा गरिरहेको छ।

६ महिनादेखि संसद अवरुद्ध बनेको कारण खासगरी बजेट पारित हुन नसक्दा कर्मचारीहरुको तलब समेत रोकिने अवस्था आएको सरकारको भनाइ छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>