BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
15 नोभेम्बर, 2009 14:35 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
ओबामाद्वारा आङ सान सु चीलाई रिहा गर्न आव्हान
 
आङ सान सुकी
सुकीका वकिलहरुले नजरबन्दको समय लम्ब्याइएको विरुद्ध मुद्दा हालेका छन्
अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिण पूर्वी एशियाली देशका नेताहरुसंग भएको बैठकका अवसर पारेर बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीको रिहाईको आह्वान गरेका छन।

सिंगापुरमा एशिया प्रशान्त क्षेत्रका नेताहरुको शिखर सम्मेलनको लगत्तै दक्षिण पूर्वी एशियाली देशहरुको संगठन आसियान र अमेरिकाबीच बैठक भएको थियो।

महत्वपूर्ण संकेत

बर्माको सैनिक सरकारका एकजना सदस्यसमेत सहभागी रहेको बैठकमा अमेरिकाका राष्ट्रपतिले भाग लिन चाहनु आफैंमा सांकेतिक दृष्टिले महत्वपूर्ण छ।

सामान्यत त्यो क्षेत्रसंग र खासगरी बर्मासंग संवाद चाहने अमेरिकी नीतिको यो एउटा प्रष्ट संकेत हो।

विगतमा अमेरिकी राष्ट्रपतिहरुले बर्माका सरकारी अधिकारी संलग्न भएको बेला आसियानसंग बैठक गर्न अस्वीकार गर्ने गरेका थिए।

दक्षिण पूर्वी एशियाका देशहरुको संगठन आशियानका दशवटा सदस्य राष्ट्रहरुमध्ये बर्मा एक हो।

हुन त बैठकको अन्त्यमा जारी संयुक्त विज्ञप्तिमा राष्ट्रिय मेलमिलाप र अर्को वर्ष हुने भनिएको चुनाव निष्पक्ष, समावेशी र पारदर्शी हुनुपर्ने आवश्यकताको मात्र चर्चा गरीएको छ।

आव्हान

तर ओबामाले उक्त अवसरलाई बर्माकी प्रजातन्त्रवादी नेता आङ सान सु चीको रिहाईको निम्ति आव्हान गर्न उपयोग गरेका थिए।

व्हाइट हाउसका प्रेस सचिवका अनुसार राष्ट्रपति ओबामाले उक्त आव्हान बर्माका सैनिक सरकारका प्रधानमन्त्री जनरल थेन सेइनसंग प्रत्यक्षरुपमा गरेका थिए।

आङ सान सु चीले वितेको दुई दशकमा १४ वर्ष हिरासतमा विताएकी छिन्।

उनको दलले सन १९९० को आम चुनावमा बहुमत ल्याएपनि सैनिक सत्ताले उनलाई सरकारको नेतृत्व गर्न दिएन।

गएको अगष्ट महिनामा उनको नजरबन्दमा बस्नुपर्ने समयलाई बर्मामा आगामी वर्ष हुने आम चुनावभन्दापनि पछाडिसम्मको लागि लम्ब्याइएको थियो।

नजरबन्दको समय लम्ब्याइएको विरुद्ध नोबेल शान्ति पुरस्कार विजेता सु चीका वकिलहरुले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>