|
ब्रिटिश सैन्यमाथि इराकमा दुर्व्यवहारको नयां आरोप
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्रिटेनको रक्षा मन्त्रालयले इराकमा भएका दुर्व्यवहारहरू सम्बन्धी नयां आरोपहरूका बारे छानविन गरिने बताएको छ।
ब्रिटिश दुर्व्यवहारबाट पीडित भनिएकाहरूको प्रतिनिधित्व गर्ने वकिलहरुले भनेका छन् तिनीहरूले उक्त मन्त्रालयलाई प्रकाशमा आएका दुर्व्यवहारहरू सम्बन्धी ३३ वटा घटनाका बारे जानकारी गराएका छन्। ती मध्ये एउटामा दुईजना सैनिकले एकजना १६ वर्षीय बालकलाई बलात्कार गरेको आरोप पनि छ। रक्षा मन्त्रालयले भनेको छ त्यस्ता प्रकृतिका आरोपहरूलाई निकै गम्भीरताका साथ लिइन्छ तर त्यसबारेमा उचित छानविन नभएसम्म त्यसलाई तथ्यका रूपमा लिइनु हुन्न्। आरोप ती वकिलहरूले भनेका छन् यसपालीको ग्रीष्म याममा इराकको बासराबाट ब्रिटिश सैनिकहरू फिर्ता भएयता तिनीहरूले दुर्व्यवहारका विभिन्न नयां आरोपहरू सुनेका छन्, जुन दुर्व्यवहारहरू सन् २००३ देखिका समेत छन्। एकजना व्यक्तिले आफूलाई पक्राउ गरिएपछि लात्ती हानीएको र कुटपीट गरिएको अनि शरिरका विभिन्न भागमा विजुलीको करेन्ट लगाइएको दावी गरेका छन्। उनले भनेका छन्- उनीसंगै थुनिएका अर्का व्यक्तिलाई जबर्जस्ती आफ्नो लुगा खोल्न लगाइएको थियो र उनीमाथि यौन दुर्व्यवहार भैरहंदा सैनिकहरूले त्यसको फोटो खिचेका थिए। सन् २००६ मा थुनिएका अर्का इराकीले पनि आफूलाई यौनगत तरिकाले अपमानित गरिएको दावी गरेका छन्। छानबिन अब ती वकिलहरूले, इराकमा ब्रिटेनको छ वर्षे सैनिक संलग्नताको अवधीसंग सम्बन्धित सबै दुर्व्यवहारका आरोपहरूका सम्बन्धमा सार्वजनिक छानविनका लगि दबाब दिइरहेका छन्। सन् २००३ मा ब्रिटिश हिरासतमा रहेका बेला ९३ वटा चोटपटक सहित मारिएका बहा मूसाको मृत्युका सम्बन्धमा छानबिन पहिलेदेखि नै जारी रहेको छ। पछिल्ला आरोपहरूप्रति प्रतिक्रिया जनाउंदै, सशस्त्र सैन्य मामिला सम्बन्धि मन्त्रालयका एक उच्च अधिकारी, बिल रामेलले भनेका छन्-ब्रिटिश सैनिकहरूमाझ त्यस्तो गम्भीर समस्या विद्यमान रहेको कुनै प्रमाण छैन। तर उनले औपचारिक अनुसन्धानलाई आफ्नो बाटो लिन दिइनु पर्ने र त्यो समाप्त हुनुअघि अपरिपक्व निर्क्यौलहरू निकाल्न नहुने पनि बताएका छन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||