|
संविधान नमिचेको राष्ट्रपति यादवको भनाइ
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति रामबरण यादवले आफुले संविधान मिच्ने काम नगरेको बताएका छन्।
प्रधानसेनापति प्रकरणमा राष्ट्रपति यादवले संविधान मिचेको भनी मुख्य प्रतिपक्षी माओवादीले गरेको दोश्रो चरणको आन्दोलनको अन्तिम दिन उनको यो भनाइ आएको छ। झापाको अनारमनीमा नवनिर्मित मेची आँखा अस्पतालको उदघाटनका अवसर पारेर राष्ट्रपति यादवले उक्त कुरा बताएका हुन्। विश्वास उनले भने, "मैले हिंजो पनि संविधान मानेको छु आज पनि मानेको छु र भविष्यमा पनि मान्नेछु। मैले कहिल्यै पनि बाटो बिराउँदिन किनकि मलाई जनताले विश्वास गरेर यहाँ सम्म पु-याएका छन्।" एकीकृत नेकपा माओवादी राष्ट्रपति यादवको सेनापति थमौति गर्ने कदम असंवैधानिक भन्दै आन्दोलनमा छ। तर राष्ट्रपति यादवले मेलमिलापमा जोड दिए। उनले भने, "अहिले जबरजस्तीको ठाउँ छैन र सबैले मिलेर जानुको विकल्प छैन।" सबै पक्ष मिलेर नगए देशमा गम्भीर स्थिति आउने चेतावनी दिंदै राष्ट्रपति यादवले राजनीतिक दलहरुलाई सचेत रहन आग्रह गरे। "सबै राजनीतिक दलले मिलेर गएन भने देशमा अनिष्ट हुन सक्छ। हामी लोकतन्त्रलाई संस्थागत गर्न सक्दैनौं।" बन्द राष्ट्रपतिको कार्यक्रमलाई विथोल्न एकिकृत नेकपा माओवादीले झापा बन्द आह्वान गरेका कारण यातायातका साधन र बजार ठप्प रहे। माओवादी कार्यकर्ता बिहानैदेखि मोटरसाइकल समेत चल्न नदिई सडक अवरोध गर्न बसेका थिए। मेची आँखा अस्पतालको उदघाटन कार्यक्रम चलिरहँदा कार्यक्रमस्थल बाहिर माओवादी कार्यकर्ताले सडकमा टायर बाली नाराबजी गरिरहेका थिए। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||