|
माओवादीद्वारा सिंहदरबार घेराउ
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हजारौं माओवादी कार्यकर्ता र समर्थकहरुले नेपालको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गरेका छन।
वरिपरिका आठ स्थानमा गरिएको घेराउले गर्दा सिंहदरबारभित्र रहेका मन्त्रालय र सरकारी कार्यालयहरुमा कामकाज लगभग ठप्प भएको थियो। बिहीबार शुरु भएको दुई दिने घेराउ नागरिक सर्वोच्चताको आफ्नो मागको समर्थनमा जारी माओवादीको आन्दोलनको दोश्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो। अवरुध्द बिहान ८ बजे शुरु भइ कार्यालय बन्द हुने समय ५ बजे सम्म गरिएको घेराउमा काठमाण्डू र अरु बिभिन्न जिल्लाहरुबाट आएका दशौं हजार माओवादी कार्यकर्ता र समर्थकहरु सहभागी भएका थिए। घेराउ भइरहेका बेला शहरको मध्यभागमा सवारी आवागमन अस्तव्यस्त हुन पुग्यो जस्का कारण धेरैले हैरानी खेपे। उनीहरुले सिंहदरबार वरिपरिका आठवटा नाकाहरुमा जम्मा भएर मानिस र सवारी आवागमन अवरुध्द पारेका थिए। प्रदर्शनकारीहरुको नेतृत्व गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादल सहित भद्रकाली नाकामा धर्नामा बसेका थिए। उपाध्यक्ष बाबुराम भट्टराई माइतीघर नाकामा र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश पुतलीसडक नाकामा धर्नाकारीहरुको नेत्तृत्व गरेर बसेका थिए। प्रचण्डले बाजागाजा र नाचगान सहितको घेराउलाई राष्ट्रिय उत्सवको संज्ञा दिए। अर्का वरिष्ठ नेता मोहन बैद्य किरणले भने, “नागरिक सर्वोच्चता स्थापना नभएसम्म आन्दोलन रोकिंदैन।” उनका अनुसार “अब अझ ठूलो आन्दोलन हुन्छ सरकारले सुरक्षा सतर्कता अपनाउँदै सबै नाकाहरुमा हजारौं प्रहरीहरु तैनाथ गरेको थियो। आफ्नो पूर्वघोषित निर्णय अनुसारनै प्रदर्शनकारीहरु सरकारले निषेधित घोषणा गरेको क्षेत्र बाहिर धर्नामा बसेका थिए। सरकारले पनि निषेधित क्षेत्र नतोडिएसम्म बल प्रयोग नगर्ने आफ्नो घोषणा अनुसार संयम अपनाएको थियो। हँसिया हथौडा अंकित पार्टीको झण्डा एवं नागरिक सर्वोच्चताको माग गरिएका ब्यानर बोकेका कतिपय प्रदर्नकारीहरु चर्का नाराबाजी गरिरहेका देखिन्थे। अरु कतिपय चाहीं नाचगान गरेर विरोधको आवाजमा साथ दिइरहेका थिए। झडप तर माओवादीले घेराउ शान्तिपूर्ण हुने भनेपनि र सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग नगर्ने बताएपनि प्रहरी र प्रदर्शनकारीहरु बीच एउटा नाकामा झडप हुँदा केही माओवादी सभासद र प्रहरी घाइते भएका थिए। प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न लाठी र अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरुले प्रहरीलाई ढुंगा हानेका थिए। माओवादीले सरकारले दमन गर्ने खोजेको आरोप लगाएको छ। नेता बाबुराम भट्टराइले भने, “सरकारले यो आन्दोलन दमन गर्न खोजिरहेको छ। त्यस्को परिणाम राम्रो हुदैन।” तर सरकारले प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि बाध्य भएर बल प्रयोग गर्नु परेको बताएको छ। सिंहदरबार बाहिर चर्का नाराबाजी र नाचगानले वातवरण तातिरहेका बेला भित्र भने वातावरण शान्त थियो। बिहान सबेरै कार्यालय पुग्न सरकारले निर्देशन दिएको भएपनि केही मन्त्री सचिव र कर्मचारीहरु मात्र आफ्ना कार्यालयहरु पुग्न सकेका थिए। सरकारी काम लिएर आउने सर्वसाधारण त शुन्य थिए। माओवादीले सिंहदबार घेराउ भोलीपनि जारी रहने जनाएको छ। तर उसले आफ्नो मागलाई सरकारले संबोधन नगरे आन्दोलनको अर्को चरण अझ सशक्त बनाउने चेतावनी दिएको छ। ‘आम हडताल’ माओवादी अध्यक्ष प्रचण्डले भने, “सरकार सहमतिमा नआए अर्को चरणमा आम हडताल लगायत कडा कार्यक्रम ल्याइनेछ।“ प्रधान सेनापतिलाई हटाउने माओवादी नेतृत्वको तत्कालीन सरकारको निर्णयलाई उल्टाउने राष्ट्रपतिको कदमलाई असंवैधानिकको संज्ञा दिएको माओवादीको विचारमा यसबाट नागरिक सर्वोच्चताको हनन भएको छ। उक्त कदम नसच्चिएसम्म आन्दोलन जारी रहने माओवादीको भनाइ छ। तर सरकार र सरकारमा सामेल भएका दलहरु राष्ट्रपतिबाट गल्ती भएको ठान्दैनन्। माओवादीको आन्दोलन सरकार हात पार्ने उद्देश्यले मात्र प्रेरित भएको उनीहरुको भनाइ छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||