BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
11 नोभेम्बर, 2009 16:00 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
सिंहदरबार बन्द गरे बल प्रयोग गर्ने चेतावनी
 
माओवादी जुलुस
देशव्यापी आन्दोलन अन्तर्गत माओवादीले सिंहदरवार घेराउन गर्न लागेको हो
माओवादीले सिंहदरबार घेराउका क्रममा आवत-जावत नै बन्द गर्न खोजे बल प्रयोग गर्ने चेतावनी सुरक्षा अधिकारीले दिएका छन्।

बिहानदेखि घेराउ गरी सिंहदरवारमा कसैलाई पस्न नदिन माओवादी भने दृढ छ।

तर सरकारले हालै विस्तार गरेको निषेधित क्षेत्र हटाएको भन्दै माओवादीले पुरानो निषेधाज्ञा पालना गर्ने बताएकाले ठूलो भीडन्तको सम्भावना कम भएको देखिन्छ।

सेनापति प्रकरणमा चालेको राष्ट्रपतिको कदम सच्याउनु पर्ने मागका साथ नागरिक सर्वोच्चताको पक्षमा भन्दै राजधानी नाकाबन्दी गरे लगत्तै माओवादीले सिंहदरवार घेराउन गर्न लागेको हो।

माओवादी प्रवक्ता दीनानाथ शर्मा भन्छन्, “प्रधानमन्त्री, मन्त्री, कर्मचारी, सर्वसाधारण कसैलाई सिंहदरबार पस्न नदिन विहान आठ बजेदेखि नै घेराउ गर्छौँ।”

प्रहरी चेतावनी

सरकारले माओवादीले चाहे जस्तो सिंहदरबार पुरै बन्द गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

त्यस्तो निर्देशन पाएका काठमाण्डूका प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक नवराज सिलवालले चेतावनी दिँदै भने, “राज्यको केन्द्रीय सचिवालय पुरै बन्द हुन दिँदैनौं। बन्द गर्न खोजे बल प्रयोग हुन्छ।”

नियमित सुरक्षा कर्तव्य पछ्याउने क्रममा सरकार र आन्दोलन चर्काउने घोषणा गरेको माओवादीका कुरा यदाकदा चर्को नै सुनिन्छ।

तर दुबै पक्षका बरिष्ठ नेताहरुको मनस्थिति बुझ्दा दुबैथरी आक्रमक रुपमा प्रस्तुत हुने पक्षमा देखिदैनन्।

त्यस्तै संकेत दिँदै माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, “सरकारले हालै थपेको निषेधाज्ञा फिर्ता लिएकाले पुरानो निषेधित क्षेत्र पालना गर्न हामी प्रतिवद्ध छौँ। आन्दोलन पूर्णतया शान्तिपूर्ण हुनेछ।”

लचिलो

माओवादीप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तको भाषा पनि सिंहदरबार घेराउका विषयमा निकै लचिलो सुनिन्छ।

उनले भन्छन्, “सरकारले अहिलेसम्म आन्दोलन दमन गरेको छैन। सरकार चलाई सकेको पार्टीले देशको कानून र संविधानको पालन गर्नेमा हामी आशावादी छौँ।”

नेताद्वय शर्मा र पन्त दुबैको भनाई झैँ अहिलेसम्म माओवादीको आन्दोलन नियन्त्रित र संयमित देखिन्छ भने आन्दोलनप्रति सरकार पनि कडा रुपमा प्रस्तुत भएको देखिदैन।

कतिपय विश्लेषकहरुका विचारमा राजनीतिक सहमतिको पर्खाईमा दुबै पक्ष त्यसरी अगाडी बढेका हुनसक्छन्।

काठमाण्डूस्थित बीबीसीका एकजना सम्वाददाता भन्छन्, “दुबै पक्ष एकअर्काप्रति सहिष्णु देखिए पनि सहमतिको निम्ति दिन भने घर्किदै गइरहेको छ।”

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>