|
शीर्ष नेताहरूबीचको वार्ता अनिश्चित
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला उपचारको निम्ति सिंगापुर जाने भए पछि राजनीतिक गतिरोध अन्त्यको
निम्ति निर्णायक हुने भनिएको मुख्य पार्टीका प्रमुखहरुको बैठक अनिश्चित बनेको छ।
आफूहरुले पटक-पटक गरेका सहमतिका प्रयासहरु असफल भएपछि प्रमुख दलका बरिष्ठ नेताहरुले निर्णायक शीर्ष बैठक गर्ने निधो दुई सात अघि गरेका थिए। कांग्रेस सभापति कोइराला त्यसैबेला बिरामी परे भने त्यसको केहीदिन पछि एमाले अध्यक्ष झलनाथ खनाल साता लामो भ्रमणको निम्ति भारत भ्रमण तर्फ लागे। खनाल स्वदेश फर्किएको भोलिपल्टै कोइराला भने बुधवार उपचारको निम्ति सिंगापुर जाने निश्चित भएको छ। उनी फर्किन पाउँदा नपाउँदै प्रधानमन्त्री माधवकुमार नेपाल यही २८ गते एकहप्ताको निम्ति इटली जान लागेका छन्। आशावादी यसरी शीर्षवार्ता अनिश्चित बने पनि प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी भने अझै आशावादी छ। सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “गिरिजाबाबुको अनुपस्थितिमा कांग्रेसले शीर्ष नेताको भूमिकामा पठाउने नेताहरुसंग पनि छलफल हुन सक्छ। सहमतिको निम्ति हरसम्भव उपायको खोजी जारी राख्ने छौँ।” सहमति हुन नसकेको भन्दै माओवादी सडक आन्दोलनबाट पछि हटेको छैन। संसदमा महिनौदेखिको उसको अवरोधले बजेट पारित नहुँदा देश यतिखेर इतिहासमा कहिल्यै नव्यहोरेको अन्यौलमा फसेको छ। निर्णायक परिणाम दिने शीर्ष बैठकको ठेगान नै नभए पछि माओवादीले आन्दोलनबारे पुनर्विचार गर्ने सोँचाई बनाएको छ कि? माओवादी नेता प्रकाशले भने, “अहिलेको तात्कालिक गतिरोध अन्त्यको निम्ति मात्रै भए पनि सहमति जुटाउने प्रयासमा छौँ। तर सहमति नबने त सडक र सदनको आन्दोलन जारी रहन्छ।” कडा कार्यक्रम सहमति नहुँदासम्म माओवादीले सडक र संसदको संघर्ष नछाड्ने, यही महिनाभित्र बजेट पारित नभए कर्मचारीलाई तलब खुवाउने बाटो समेत बन्द हुने। यसैबेला माओवादीले घोषित सडक आन्दोलन अन्तर्गतका सबैभन्दा कडा कार्यक्रम मंगलबार राजधानी नाकाबन्दी र त्यसपछि सिंहदरबार घेराउ गर्दैछ। सरकारले त्यसको सामना गर्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ। कतिपय विश्लेषकहरु भन्छन्, “प्रमुख प्रतिपक्षी र सरकारबीचको यस्तो रस्साकस्सीका माझ पनि धन्य, दुई पक्षबीचको टकराव ठूलो दुर्घटनामा
परिणत भएको छैन। जसले गर्दा सहमतिको सम्भावना जीवित देखिएको छ।” |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||