|
नेपालको मामिलामा हस्तक्षेप गरेको होइन: राष्ट्रसंघ
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी गरेको भन्ने आलोचनाको राष्ट्रसंघीय अधिकारीहरुले
खण्डन् गरेका छन।
एक साताअघि महासचिव मूनले नेपालमा राष्ट्रिय एकताको सरकार गठन गर्न जोड दिएपछि वर्तमान सरकार क्रुद्ध भएको थियो। मुख्य प्रतिपक्षी माओवादीलाई प्रसन्न तुल्याएको महासचिव मूनको भनाइप्रति सरकारलाई समर्थन गर्ने २२ दलको बैठकले कडा आपत्ति जनाएको भोलिपल्ट एकजना राष्ट्रसंघीय प्रवक्ताले उक्त भनाइको बचाउ गरेकी छिन्। ‘वान्छनीय’ प्रवक्ता मिसेल मोन्टासले पत्रकारहरुको प्रश्नको जवाफ दिंदै महासचिव मूनको भनाई उनले शान्ति प्रक्रियाको सफलताका निम्ति राजनीतिक दलहरुबीच एकता र सहमतिका लागि पटक पटक गरेको आह्वान अनुरुपनै भएको बताइन्। मोन्टासका अनुसार महासचिवको भनाइ नेपालका राजनीतिक दलहरु आफैले वान्छनीय ठानेको एउटा एकता सरकारको गठन गर्न दलहरुलाई प्रेरित गर्न लक्षित छ। उनले भनिन्, “यो कुनै पनि किसिमको हस्तक्षेप होइन।” नागरिक सर्वोच्चताको पक्षमा भन्दै गठबन्धन सरकारको विरोधमा सडक र सदनमा आन्दोलन गरिरहेको मुख्य प्रतिपक्षी माओवादीले स्वागत गरेको मूनको भनाईलाई सरकार र सरकारका समर्थक दलहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा हेरेका छन्। यीनै परस्पर विरोधी प्रतिक्रियाहरुबीच नेपालको शान्ति प्रक्रियाको पछिल्लो प्रतिवेदनमाथि राष्ट्संघीय सुरक्षा परिषदमा छलफल भएको छ। बन्द सत्रमा भएको उक्त छलफलपछि सुरक्षा परिषदका वर्तमान अध्यक्ष अष्ट्रियाका थोमास मेयर हार्टिङ्ले १५-सदस्यीय सुरक्षा परिषदले गरेको निर्णयबारे पत्रकारहरुलाई जानकारी दिएका थिए। उनका अनुसार परिषदले नेपाल सरकार र सबै पक्षहरुलाई सम्झौता र अग्रगामी सोचाइको भावना लिएर वृहत शान्ति संझौताको कार्यान्वयन र राष्ट्रसंघीय नियोग अन्मिनलाई अहिलेको उसको निर्धारित समयमै आफ्नो काम पूरा गर्न दिन आवश्यक निर्णयहरु गर्न आग्रह गरेको छ। समीक्षा परिषदको बैठकमा बोल्दै नेपालस्थित अन्मिनका प्रमुख कारिन ल्याण्डग्रेनले शान्ति संझौता भएको तीन वर्ष यताको कार्यान्वयनको समीक्षा गर्ने बेला उहिलेनै भइसकेको बताएकी थिइन। तर आलोचकहरु राष्ट्रसंघकै भूमिकाको समीक्षा गर्ने बेला भएको ठान्छन्। कतिपयले अन्मिन को भूमिकानै विवादको भूमरीमा पर्न थालेको बताइरहेका बेला उसको सल्लाह अनुसार आएको ठानिएको राष्ट्रसंघीय महासचिवको भनाइप्रतिको विवादले आलोचकहरुलाई मसला दिएको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||