|
बजेट पारित हुनेमा सभामुख विश्वस्त
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
महिनौंदेखि अवरुद्ध व्यवस्थापिका संसदका सभामुखले बजेट पारित हुने बाटो माओवादीले खोलिदिनेमा आफूलाई विश्वास लागेको बताएका छन्।
माओवादी नेतृत्वसंगको कुराकानीका आधारमा आफूलाई त्यस्तो विश्वास लागेको सभामुख सुवासचन्द्र नेम्वाङको भनाई छ। सडक आन्दोलन घोषणा गरे लगत्तैदेखि बरिष्ठ माओवादी नेताहरुले संसद अवरोधबारे सोचिने बताउँदै आए पनि अहिलेसम्म कुनै निर्णय नगरेकाले शुक्रवार पनि संसदको बैठक अवरुद्ध भयो। सदाझैँ माओवादी विरोधका कारण बैठक स्थगित गरेर निस्किएका सभामुख नेम्वाङले बीबीसीसंग कुरा गर्दै घुमाउरो भाषामा माओवादीले बजेट पारित हुने बाटो खोलिदिने विश्वास व्यक्त गरेका छन्। विश्वासको आधार उनले भने, “माओवादीसंगको निरन्तरको छलफलका आधारमा म विश्वस्त छु, माओवादीहरुले बजेट पारित हुन नसकि देश ठप्प हुने स्थिति आउन दिनुहुने छैन।” सभामुख नेम्वाङले माओवादीको कुन नेताले उनलाई त्यस्तो विश्वास दिलाए र बजेट पारित हुने बाटो कसरी खोलिदेलान भन्ने चाँही खुलाउन चाहेनन्। तर आफ्नो पूर्व घोषित सडक आन्दोलनका केही कार्यक्रम माओवादीले अचानक फिर्ता लिएका बेला आएको सभामुखको उक्त धारणालाई महत्वपूर्ण ठानिएको छ। दबाब माओवादीको लामो अवरोधका कारण बहुमत सांसदको आग्रहका आधारमा बजेट पारित गर्न सभामुख माथि दबाब बढ्दो छ। सरकार समर्थक २२ दलको बिहिवार भएको बैठकले त्यस्तै आग्रह सभामुखलाई गरेको थियो। त्यसबारे उनले जानकारी नपाएको बताउँदै भने, “मैले पनि सञ्चारमाध्यमबाट मात्र थाहा पाएकाले मैले कुनै टीप्पणी गर्ने कुरा छैन।” उनले संसदमा महिनौंदेखिको अवरोधका कारण संविधान लेख्ने काममा प्रत्यक्ष असर नपरे पनि अप्रत्यक्ष प्रभाव भने परिरहेको बताए। काठमाण्डूस्थिति बीबीसीका एकजना सम्वाददाता भन्छन्, आफूहरुबीचको झगडाले सिंगो देशलाई बन्दी बनाउँदै लगेपछि सत्तापक्ष र प्रतिपक्षी
नेताहरुले शुरु गरेका सहमतिका प्रयासहरु एक पछि अर्को गर्दै असफल भए पनि आपसी छलफल भने छाडेका छैनन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||