|
माओवादी नेतृत्वको सरकार असम्भव: बाईस दल
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सरकारलाई समर्थन गर्ने बाईस पार्टीले माओवादीलाई सरकारमा आउन आह्वान गर्दै उसको नेतृत्वमा सरकार बनाउन नसकिने साझा निष्कर्ष निकालेका
छन्।
बैठकका निर्णयहरु सरकार ढाल्ने चेतावनीका साथ आन्दोलनमा उत्रिएको माओवादीको दबाब सामना गरिरहेका प्रधानमन्त्रीलाई ढाडस दिने खालका छन्। प्रधानमन्त्री कार्यालयमा भएको बैठकले माओवादीलाई आन्दोलन फिर्ता लिई वार्ताबाट सहमति जुटाउन लचिलो बन्न अपिल गरेको छ। माओवादीले चाहे जस्तो उसको नेतृत्वमा सरकार बन्न नसक्ने निर्णय गरेको उल्लेख गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले भने, “आफ्नो सेना भएको दलको नेतृत्वमा सरकार बन्न नसक्ने हाम्रो ठहर हो।” निशाना बान नेपालमा राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेको भन्ने राष्ट्रसंघका महासचिव बान की मुनको हालैको धारणाप्रति बैठकले चर्को असन्तुष्टी प्रकट गरेको छ। उनीहरुले भनेका छन्, “नेपालमा कसरी, कस्तो र कस्को नेतृत्वमा सरकार बनाउने भन्ने कुरा नेपाली जनता र यहाँका दलहरुको अधिकारको कुरा हो।” माओवादीलाई वर्तमान सरकारमा सामेल गराउन आफूहरुले शुरु देखि नै प्रयास गरेको उल्लेख गर्दै बाईस पार्टीले माओवादीलाई सरकारमा सामेल हुन संयुक्त अपिल पनि गरेका छन्। आग्रह बैठकले माओवादीले विरोध गरे पनि बहुमत सांसदहरुको समर्थनलाई आधार बनाउँदै बजेट पारित गर्न व्यवस्थापिका संसदका सभामुखलाई पनि आग्रह गरेको छ। नेता मैनालीले भने, “माओवादीले संसद चल्न नदिई अल्पमतले बहुमतलाई बन्दी बनाएको छ। उसले बजेटप्रति कुनै विरोध प्रस्ताव पनि दर्ता गराएको छैन। त्यसैले बहमुतको आधारमा बजेट पास गर्न सकिन्छ।” माओवादीका आन्दोलनकारीले शान्ति सुरक्षामा बाधा पुर्याउन खोजे ‘जनताको जीउ धनको सुरक्षा गर्न’ दृढताका साथ अघि बढ्न पनि बैठकले सरकारालाई निर्देशन दिएको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||