BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
04 नोभेम्बर, 2009 15:23 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
'दलहरूबीच सहमतिको ठोस खाका तयार छैन'
 
एमाले नेता खड्गप्रसाद ओली
नेता केपी ओलीले आफ्नो निवासमा नेताहरूबीच रात्रीभोज र वैठकको अवसर जुटाएका थिए
तीन प्रमुख दलका मुख्य नेताहरुबीच भएको भेटवार्तापछि सहमतिको वातावरण बनेको बताइएता पनि त्यसको ठोस पहल भइनसकेको ती नेताहरूले बताएका छन्।

पुराना कुरा थन्क्याएर नयाँ बाटो तय गर्नेमा सत्ताधारी दलहरु नेपाली कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीबीच सहमति भएको थियो।

तर नयाँ बाटोको रेखा कोरिइनसकेको तीनै दलका नेताहरुले बताएका छन्।

सहमति खोज्ने भन्दै पुरानै अड्डीबाट पछाडि नहटिरहेका प्रमुख दलका शीर्ष नेताहरुबीच मंगलबार भेटवार्ता भएको थियो।

त्रुटी लेखाजोखा

माओवादीका कट्टर आलोचक भनेर चिनिएका एमालेका बरिष्ठ नेता केपी ओलीले आफ्नै निवासमा विभिन्न दलका शीर्ष नेताहरूलाई मंगलवार आमन्त्रित गरेका थिए।

मंगलवारको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवा लगायत ती पार्टीका अरु बरिष्ठ नेताहरु पनि संलग्न थिए।

रात्रीभोज सहितको भेटवार्ताको भोलिपल्ट झापा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुलाई भने, “बाह्र बुँदेदेखि अहिलेसम्मका सहमतिमा कहाँ कसको त्रुटी भयो लेखाजोखा गर्ने र नयाँ तरिकाबाट अगाडि जानेमा सहमति भयो।”

तर सहमतिको ठोस खाका तयार भइनसकेको उनले बताए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले सहमतिको नयाँ वातावरण बनेको जनाए।

तर सहमतिको ठोस खाका नबनिसकेको उनको पनि भनाइ थियो।

उनले भने- “माओवादीका नेताहरु लचिलो भएकाले कुराकानी जारी रहला र सहमतिको खाका तय होला।”

घण्टौं चलेको छलफलको भोलिपल्ट सहभागी नेताहरुले गतिरोध अन्त्य गर्न सकारात्मक वातावरण बनेको बताए तर उनीहरुकै भनाइले पनि साँच्चिकै सहमति बन्ने कुरामा अझ ढुक्क हुन सक्ने स्थिति नरहेको विश्लेषकहरु बताउँछन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>