|
प्रचण्ड, कोइरालाबीच एक्कासी भेटवार्ता
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच एक्कासी भेटवार्ता भएको छ।
माओवादीले दोश्रो चरणको आन्दोलन शुरु गरेको भोलिपल्ट कोइरालानिवास महाराजगञ्जमा सोमबार दिउंसो दुई नेताहरुले एक्लाएक्लै भेट गरेका थिए। एक्लाएक्लै कोइरालाका स्वकीय सचिवहरु र उनका निकटतम राजनीतिक सहयोगीहरु सबै महासमिति बैठकमा व्यस्त रहेका बखत प्रचण्ड पनि एक्लै दुईबजेतिर कोइरालानिवास पुगेको बताइएको छ। कोइराला र प्रचण्डबीच कोइरालाको शयनकक्षमा करीब आधा घण्टा कुराकानी भएको समाचार सूत्रहरुले जनाएका छन्। दुई नेताहरुको भेटघाटका बखत अक्सर झुम्मिने सञ्चारकर्मी पनि त्यसबेला कोही उपस्थित थिएनन्। कोइरालाले आईतबार मात्रै आफ्नो पार्टीको महासमितिलाई संबोधन गर्दै आफूले प्रचण्डसँग छिटै कुराकानी गरेर गतिरोधको निकास खोज्ने बताएका थिए। संयन्त्र आफुले प्रस्ताव गरेको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणबाटै समस्या समाधान हुने बताउँदै कोइरालाले प्रचण्ड त्यसमा सहमत भइसकेको आफ्ना महासमिति प्रतिनिधिहरुलाई बताएका थिए। नागरिक सर्वोच्चता र आफ्नो नेतृत्वमा सरकार स्थापना गर्न भनेर माओवादीले दोश्रो चरणको आन्दोलन शुरु गरेको एकदिन पछि भएको यो भेटघाटलाई महत्वका साथ हेरिएको छ। तर दुई नेताहरुबीच के कुराकानी भयो सार्वजनिक भइसकेको छैन। कोइराला प्रचण्ड भेटबारे बताउन कांग्रेसका नेताहरु उपलब्ध हुन सकेनन्। माओवादीका बरिष्ठ नेताहरु कतिले भेटबारे जानकारी नरहेको बताए भने कसैले भेटबारे थाहा पाएपनि के कुराकानी भयो थाहा नपाएको बताए। गतिरोध अन्त्य गर्न दशैं अगाडिदेखि औपचारिक रुपमा तीन प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले र माओवादीबीच वार्ता टोली बनाएर त्रिपक्षीय र दुईपक्षीय छलफल चल्दै आएको थियो। त्यसै सन्दर्भमा गतिरोध अन्त्य गर्न शीर्ष नेताहरुबीच बैठक आवश्यक रहेको बताइए पनि त्यो संभव हुन सकिरहेको थिएन। माओवादीले सोमबार पनि आफ्नो आन्दोलन जारी राख्दै देशभरका नगरपालिका र गाउँ विकास समितिका कामहरु ठप्प पारेको छ। सोमबारनै बिराटनगर पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई आन्दोलन त्यागी वार्तामा आउन पुन: आग्रह गरेका थिए। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||