BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
31 अक्टोबर, 2009 13:16 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
आन्दोलन र संवाद संगसंगै लाने: माओवादी
 
पुष्पकमल दाहाल प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनको स्वरुप सरकारको व्यवहारमा भर पर्ने बताएका छन्
आन्दोलनको तयारीमा लागेको माओवादीले सरकारसंगको संवादपनि संगसंगै जारी राख्ने बताएका छन्।

माओवादीका एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारले गम्भीरतापूर्वक संवादको अग्रसरता नलिएको आरोप लगाए।

“गम्भीरतापूर्वक संवादमा बोलाइएमा हामी वार्ता गर्न तयार छौं। वार्ताको ढोका हामीले बन्द गरेका छैनौं,” प्रकाशले भने।

प्रशिक्षण

सिंहदरबार घेराउ, काठमाण्डौं उपत्यका नाकाबन्दी जस्ता कडा कार्यक्रमहरु सहित घोषणा गरीएको माओवादीको आन्दोलनबारे शनिवार उक्त दलका अध्यक्ष तथा अन्य वरिष्ठ नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए।

“विभिन्न स्तरका जनवर्गीय संगठन तथा कार्यकर्ताहरुलाई हामीले आन्दोलनको महत्वबारे प्रशिक्षण दिएका छौं। साथै व्यापक जनपरिचालन गरेर जनआन्दोलनको रुपमा यसलाई विकसित गर्न निर्देशन समेत दिएका छौं,” उनले भने।

झण्डै छ महिना अगाडि आफ्नो नेतृत्वको सरकारले हटाएको तत्कालीन सेनापतिलाई राष्ट्रपतिले थमौति गरेपछि नागरिक सर्वोच्चताको हनन् भयो भन्दै माओवादी सरकारबाट बाहिरिएको थियो।

लगत्तै संसदमा अवरोध थालेको माओवादीले आइतवारदेखि सडक संघर्षका कार्यक्रमहरु शुरु गर्न लागेको हो।

ती कार्यक्रमहरुको प्रकृति चाहीं सरकारको व्यवहारमा भर पर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

संसदको बहुमत आफ्नो पक्षमा छ भन्दै आन्दोलनसंग नझुक्ने बताएको सरकारको अगाडि माओवादीको आन्दोलनले अप्ठेरो चुनौति खडा गरेको विश्लेषकहरुको भनाइ छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>