|
युकेमा नेपाली विद्यार्थीका समस्या
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
विगत केही महिना यता उच्च शिक्षाका लागि ब्रिटेन आईपुगेका सैयौं नेपाली विद्यार्थीहरुले बसोबास तथा काम खोज्न निकै समस्या व्यहोर्नु
परेको बताएका छन्।
ब्रिटेनको महङ्गो बसाई र आफुले ल्याएको सीमित खर्च सकिएपछि आंशिक काम नपाउंदा निकै कठिनाइ व्यहोर्नु परेको उनीहरुको गुनासो छ। खासगरी विभिन्न कलेजहरुमा अध्ययनका लागि भर्ना भएर आएका विद्यार्थीहरुले त्यस्तो समस्या व्यहोर्नु परिरहेको बताएका छन्। उनीहरुले कतिपय कलेजहरुमा पठनपाठनको स्तर आफुहरुले सोंचे अनुसार नभएको पनि जनाएका छन्। गत वर्ष संयुक्त राज्य अमेरिकाबाट शुरु भएको विश्वव्यापी आर्थिक मन्दीले ब्रिटेनलाई पनि नराम्रोसंग गांजेको छ। मन्दी मन्दीका कारण यहां लाखौं मानिसहरु बेरोजगार भएका छन्। विभिन्न कंपनी तथा कलकारखानाहरु पनि बन्द हुनपुगेकाले विदेशबाट आएका विद्यार्थीहरुले काम पाउन पनि निकै कठीन हुन पुगेको छ। ब्रिटेनको जीवनशैली र यहां पढ्न, बस्न लाग्ने खर्चबारे राम्रोसंग नबुझेर सीमित रकम बोकेर आउने गर्नाले पनि विद्यार्थीहरुले समस्या व्यहोर्नु परेको कलेज सन्चालकहरु बताउंछन्। हाल ब्रिटेनमा आईपुगेका नेपाली विद्यार्थीहरुले भोग्नु परेका समस्याबारे भगीरथ योगीले एक रिपोर्ट तयार पारेका छन्। सो रिपोर्ट सुन्न यहां क्लिक गर्नुहोस्।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||