|
विश्वव्यापी मन्दीको नेपाली कामदारहरुमा असर
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
एकवर्ष अघि संयुक्त राज्य अमरिकाबाट शुरु भएको आर्थिक मन्दीले केही साताभित्रै संसारभरिका प्रमुख अर्थतन्त्रलाई गांजेको थियो।
विश्व आर्थिक मन्दीको असरबाट नेपालजस्तो विकासशील मुलुक पनि बंच्न सकेन। खासगरी नेपालीहरु ठूलो संख्यामा काम गर्ने मलेसिया तथा खाडी मुलुकहरुमा आर्थिक मन्दीको असर पर्न थालेपछि सैयौं नेपाली कामदारहरुले तिनका रोजगारी गुमाउन पुगे। नेपाली कामदार र तिनले घर पठाउने रकम (रेमिटान्स) ले विगत केही वर्ष यता नेपाली अर्थतन्त्र भरथेग गर्न ठूलो सहयोग पुराएको छ। यसबाट गरीबी निवारणमा योगदान पुग्नुकासाथै खासगरी ग्रामीण क्षेत्रमा घर, व्यवहार चलाउन निकै मदत पुगेको जानकारहरु बताउंछन्। असर यदि मन्दीको असर गहिरिंदै जाने हो भने यसबाट नेपाली समाजमा विभिन्न खाले असरहरु पर्नसक्ने देखिन्छ। त्यसतर्फ समयमै सजग हुनुपर्ने विज्ञहरु बताउंछन्। विश्वव्यापी आर्थिक मन्दीबाट नेपाली कामदारहरुमा परेको असर र वैदेशिक रोजगारीका नयां संभावनाहरुबारे बीबीसी नेपाली सेवाले एउटा श्रृङ्खला “मन्दीको व्यथा” मा लेखाजोखा गर्ने प्रयास गरेको छ। र, यो कार्यक्रमका प्रस्तोता हुन् भगीरथ योगी कार्यक्रम सुन्न यहां क्लिक गर्नुहोस्।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||