|
सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको
वताएका छन्।
एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन्। विराटनगरको शहिद मैदानमा भएको सो सभामा प्रचण्डले आफ्नो भाषणको धेरै समय प्रधानमन्त्री नेपाल र प्रधानसेनापति रुक्माङ्गद कट्वालको आलोचनामा खर्चेका थिए। दुई ठाउँबाट चुनाव हारेका माधवकुमार नेपाललाई संवैधानिक समितिको अध्यक्षमा निर्वाचित गर्नु विषवृक्ष रोपे सरह भएको र अब त्यसलाई ढालेर फाल्नुको विकल्प नभएको प्रचण्डको भनाई थियो। “मैले अमृत भनेर रोपेको थिएँ तर विषवृक्ष प-यो। मैले के गर्नु - अब त्यसलाई ढाल्नुको विकल्प छैन,” उनले भने। नागरिक सर्वोच्चता जनताका हातमा बन्दुकको शक्ति आए मात्र नागरिक सर्वोच्चता बहाली हुने प्रचण्डको ठहर थियो। उनले नागरिक सर्वोच्चताका लागि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी पनि दिए। तर, माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियाबाट पछाडि नहट्ने विश्वास प्रचण्डले दिलाए। “यदि हामीले चाह्यौं भने मुलुकै ठप्प पार्नसक्छौं। तर हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा जिम्मेवार छौं,” प्रचण्डको भनाइ थियो। क्षेत्रीय स्तरको उक्त विरोध सभामा हजारौं मानिसहरुको सहभागिता रहेको थियो। नागरिक सर्वोच्चता बहालीका लागि यस्ता कार्यक्रमलाई देशब्यापी बनाउने घोषणा माओवादीले गरेको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||