|
'नयाँ बजेटले जनताको हित गर्न सक्तैन'
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले नयाँ आर्थिक वर्षको बजेटले आफ्नो पालाका कार्यक्रहरुलाई निरन्तरता नदिएकोले त्यसबाट
जनताको हित हुननसक्ने बताएको छ।
बजेटप्रतिको आफ्नो दलको धारणा सार्वजनिक गर्नेक्रममा बुधबार वरिष्ठ माओवादी नेता बाबुराम भट्टराईले नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको बजेट जनआकांक्षा विपरितको भएको जिकिर गरे। पोहोरको साढे दुई खर्ब रुपैयाँको बजेट नै पुरै खर्च हुन नसकेको बेला अर्थमन्त्री सुरेन्द्र पाण्डेले ल्याएको झन् ठूलो आकारको बजेटको प्रतिपक्षी माओवादीले मात्रै आलोचना गरेको होइन। नयाँ बजेटले तलब नबढाएको भन्दै कर्मचारीहरुले बुधबार सिंहदरबारको दक्षिणढोका र भित्रपट्टीका सडकहरुमा सरकारी मोटरगाडी तेर्स्याएर आवागमन ठप्प बनाएका थिए। त्यस्तो अस्तव्यस्तताकाबीच पूर्व अर्थमन्त्री भट्टराई माओवादी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केही ढिलो आइपुगेका थिए। खेदो बारंबार सरकारको वैधानिकता माथि प्रश्न उठाएका भट्टराइले उनले नयाँ बजेट समुद्रमा हराएको जहाज जस्तै भएको टिप्पणी गरे। गरिबी र बेरोजगारी घटाउन आफूले ल्याएका कार्यक्रमलाई नयाँ बजेटले नसमेटेकोमा उनले खेद प्रकट गरे। उनको भनाइमा नयाँ बजेट समाजवादतर्फ उन्मुख नभइ उदारवादी पुँजीवादतर्फ उन्मुख छ। नयाँ बजेटको खेदो खन्ने क्रममा उनले नयाँ सरकारले आफ्नो सरकारले जस्तो राजस्व समेत उठाउन नसकेको आरोप लगाए। “हामीले सरकार परित्याग गर्ने बित्तिक्कै राजस्व संकलन घटेर अहिले आठ प्रतिशतमा झरेको छ।” आफ्नो बजेटको चौतर्फी आलोचना भइरहेपनि अर्थ मन्त्रीसुरेन्द्र पाण्डेले आफूले काम गरेर देखाइदिने बताएका छन्। भिडिओ टेप उनका अनुसार माओवादी लडाकूहरुको यकीन संख्याबारे आफ्ना कार्यकर्तामाझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको खुलासा रेकर्ड गरिएको एउटा भिडियो टेप हालै सार्वजनिक भएपछि विश्व बैङ्कले माओवादी पूर्व लडाकूहरूको भरणपोषणकालागि सहयोग रद्द गर्ने निर्णय गरेको छ। माओवादी नेता भट्टराईले त्यसको दोष मन्त्री पाण्डेमाथि थोपरे। सरकार छोडेपछि नागरिक सर्वोच्चता स्थापना हुनुपर्ने भन्दै माओवादीले लगातार संसद अवरुद्ध गर्दै आएको थियो। यो साता बजेट प्रस्तुत गर्ने दिन अवरोध नगरेको माओवादीले सदन बहिष्कार जारी राखेको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||