BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
14 जुलाई, 2009 16:39 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
प्रधानमन्त्री नेपाल इजिप्टतर्फ प्रस्थान
 
प्रधानमन्त्री नेपाल
विगतका कम्युनिष्ट प्रधानमन्त्रीहरुजस्तै नेपालको पहिलो विदेश यात्रा भारत बाहिर भएको छ
प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो पहिलो विदेश भ्रमणका निम्ति इजिप्ट तर्फ प्रस्थान गरेका छन्।

उनले इजिप्टको शार्म एल शेखमा हुने असंलग्न शिखर सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्नेछन्।

संयोगवश उनी यसअघिका दुईजना कम्युनिष्ट प्रधानमन्त्रीहरु जस्तै पहिलो विदेश भ्रमणका निम्ति भारतको सट्टा अर्कै देश जाने सरकार प्रमुख बन्न पुगेका छन्।

इजिप्टतर्फ प्रस्थान गर्नु अघि प्रधानमन्त्री नेपालले त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई दिएको प्रतिक्रिया परंपरागत ढर्राको भन्दा खास फरक थिएन।

उनले भने, “विश्व वित्तीय संकटका कुरा लगायत विभिन्न विषयहरु छन् जसमा असंलग्न अभियानको संयुक्त अवधारणा अगाडि सार्न र ऐक्यवध्दतापूर्ण ढंगले अगाडि बढ्ने विषयमा भेटघाट र कुराकानी हुने छ।“

असंलग्न आन्दोलनको सान्दर्भिकतामा धेरै प्रश्न उठिसकेकाले सम्मेलनका बारे कुनैपनि नेताबाट विशेष टिप्पणीको आशा गरिएको पनि हुँदैन।

तर सान्दर्भिकता लगभग हराइसकेको भएपनि विभिन्न देशका नेताहरु एकै ठाउँमा भेला भइ विचार विमर्श गर्ने थलोका रुपमा असंग्लन शिखर सम्मेलनको उपयोगिता हराइसकेको छैन।

उपयोग

निश्चयनै प्रधानमन्त्री नेपालले पनि यो अवसरको उपयोग गर्ने छन्।

उनका लागि सबैभन्दा महत्वपूर्ण चाहिं भारतीय प्रधानमन्त्री मनमोहन सिंहसंगको विचार विमर्श हुनेछ।

सिंहको दक्षिण एशियाली देशका सरकार प्रमुखहरुसंग भेट गर्ने कार्यक्रममा पाकिस्तान, श्रीलंका र बंगलादेशका अतिरिक्त नेपालका प्रधानमन्त्री पनि छन्।

नेपालको आन्तरिक राजनीतिमा सबैभन्दा बढी चासो र सरोकार राख्ने देश दक्षिणी छिमेकी भारत हो।

नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण सबभन्दा पहिले भारतमै हुने अघोषित परंपरा रहेको छ।

प्रधानमन्त्री नेपालको पहिलो भ्रमण पनि भारतमै हुने योजना बनेको भएपनि परिस्थितिले त्यसो हुन दिएन।

तर यसअघिका कम्युनिष्ट प्रधानमन्त्रीहरुको जस्तो उनको पहिलो भ्रमण भारत बाहेक अरु देशमा हुन लागेको विषयले धेरै चर्चा पाएको छैन।

यो उनका लागि सन्तोषको कुरा हुन सक्छ किनभने धेरै चर्चा पाएका उनका पूर्ववर्तीहरुको कार्यकाल लामो हुन सकेको थिएन।

संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गरेपछि विदेशतिर लागेका प्रधानमन्त्री नेपालका लागि यो भ्रमण विदेश मामलामा उनको एउटा परीक्षण पनि हुनेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>