BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
10 जुलाई, 2009 16:11 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
प्रचण्डको प्रतिवेदनमा परिमार्जनको सुझाव
 
सीपी गजुरेल
माओवादी नेता गजुरेलले वर्तमान सरकारको आयुका बारे छलफल भएको बताए
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा शीर्ष तहका केही नेताहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गर्न सुझाव दिएका छन्।

यसअघि पोलिटब्युरो बैठकबाट प्राप्त विभिन्न सुझावहरुलाई समेटी अध्यक्ष प्रचण्डले थप छलफलका लागि आफ्नो राजनीतिक प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका थिए।

समूह

राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रम शुक्रबारदेखि शुरु भएको हो। केन्द्रीय समितिको आकार ठूलो भएकाले प्रतिवेदनमाथि टिप्पणी गर्न १४ वटा समूह बनाइएको छ।

ती समूहले निष्कर्ष सुनाउनु अघि शुक्रबारको बैठकमा शिर्ष तहका छजना नेताहरुले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए।

माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, “पोलिटव्युरो बैठकमा १० दिन लगाएर भएको छलफलबारे नेताहरुले केन्द्रीय सदस्यहरुलाई जानकारी गराउनु भएको हो।”

त्यसलाई प्रतिवेदनको पक्ष र विपक्षमा आफ्नो धारणाप्रति केन्द्रीय सदस्यहरुलाई प्रभावित गर्ने प्रयासको रुपमा लिइएको छ।

एकजना वरिष्ठ नेताका अनुसार मोहन बैद्य किरण र सीपी गजुरेलले पोलिटव्युरो बैठकमा आफुले दिएको सुझाव प्रतिवेदनमा पूर्ण रुपले नसमेटिएको भन्दै थप सुझाव दिएका थिए।

विवादित मूल मुद्दा

वरिष्ठ माओवादी नेता सीपी गजुरेलले वर्तमान सरकारको भविष्य, नयाँ सरकार गठन, संविधान लेखन र माओवादी सेनाको समायोजन लगायतका विषयमा छलफल केन्द्रीत रहेको बताए।

खासगरी नयाँ संविधान निर्माण र नयाँ सरकार गठनको विषयमा वरिष्ठ नेताहरुबीच मतभिन्नता रहेको बुझिएको छ।

उक्त कुरा स्वीकार नगरे पनि नेता गजुरेलले विवादको विषय बनेको भनिएको नयाँ संविधान समयमै बन्ने कुराप्रति अविश्वास व्यक्त गरेका छन्।

उनले भने, “आफ्नो अनुकूलको संविधान नबन्ने देखेकाले केही विदेशी शक्ति नयाँ संविधान नबनोस् भन्ने चाहेका छन् कि भन्ने हामीलाई लागेको छ।”

त्यस्तो स्थितिमा ‘राजनीतिक दबाब’ सृष्टि गरेर भए पनि नयां संविधान बनाउनु पर्ने पार्टीको धारणा रहेको उनले बताए।

काठमाण्डूस्थित हाम्रा सम्वाददाता भन्छन्, “त्यसो भएमा माओवादीको राजनीतिक दवाब संसद र सडकमा प्रकट हुने छ। र त्यसको स्वरुपले भावी राजनीतिले कुन दिशा लिने हो भन्ने कुरा निर्धारण गर्नेछ।”

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>