|
'माओवादीको नेतृत्त्वमा राष्ट्रिय सरकार बन्नेछ'
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र नेपाली काँग्रेसका उच्च नेताहरुसंगको वार्ता पछि आफुले राष्ट्रिय
सरकारको कुरा उठाएको बताएका छन्।
यसै साता सकिएको पोलिटब्युरो बैठकको अन्त्यमा प्रचण्डले संयुक्त राष्ट्रिय सरकारको प्रस्ताव सार्वजनिक गरेका थिए। उक्त प्रस्ताव अनुमोदनका लागि अर्को साता शुरु हुने भनिएको केन्द्रीय समितिको बैठकमा पेश गरिने तय भइसकेको छ। तर केन्द्रीय समितिको बैठक शुरु नहुँदै उनले छिट्टै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने विश्वास व्यक्त गरेका छन्। भूतपूर्व प्रधानमन्त्री प्रचण्डले “राष्ट्रिय सरकार”को नेतृत्त्व आफैले गर्ने हो वा अरुले भन्ने कुरा प्रष्ट पारेनन्। राष्ट्रिय सरकार तर गृह जिल्ला चितवनमा बुधबार पत्रकारहरुसंग कुरा गर्दै उनले भने, “वर्तमान सरकार केही हप्तामै ढल्नेछ र माओवादीको नेतृत्त्वमा राष्ट्रिय सरकार बन्नेछ।” आफ्नो दावी पुष्टी गर्ने प्रयास गर्दै उनले भने, “नेपाली काँग्रेस र एमालेको नेतृत्त्वसंग मेरो जसरी कुरा भएको छ त्यो मेरो भनाईको एउटा आधार हो।” नेपाली काँग्रेस र एमालेका नेताहरुले एमालेले नेतृत्व गरेको नेपाली काँग्रेस सहितको वर्तमान गठबन्धन सरकारमा माओवादी पनि सामेल हुने विश्वास गर्दै यही सरकार नै राष्ट्रिय सरकार हुने बताउँदै आएका छन्। तर प्रचण्डले भने, “वर्तमान सरकारमा माओवादी जान्छ भन्ने प्रचार धोखाधडी हो र सरकारको आयू लम्ब्याउने असफल प्रयास हो।” माओवादी अध्यक्ष प्रचण्ड चर्को बहस भएको भनिएको पोलिटब्युरो बैठक सकिएलगत्तै आराम गर्न भनी गृह जिल्ला चितवन पुगेका हुन्। पोलिटब्युरो बैठकमा आफु अल्पमतमा परेको भनाईको खण्डन गर्दै उनले आफु अझै बलियो भएको दावी पनि गरे। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||