|
यो फिल्ममा बीबीसीका विशेष संवाददाता एलन लिटलले स्पष्ट र आधिकारिक रेडियो लेखनबारे उनको धारणा प्रस्तुत गरेका छन्।
उनका अनुसार खासगरी दुईवटा बुँदामा ध्यान दिनुपर्छ: के भन्ने हो त्यसमा स्पष्टता हुनुपर्यो; र त्यसलाई सरल भाषामा भन्न जान्नुपर्यो।
एलन भन्छन् यदि तपाईं राम्रो लेख्न चाहनुहुन्छ भने तपाईंले धेरै पढ्नु पर्छ र जे जति पढ्नु हुन्छ ती सबैमा कस्तो भाषाको प्रयोग
उपयुक्त र कस्तो चाहीँ अनुपयुक्त हुँदोरहेछ, विशेष ध्यान दिनुपर्छ।
तपाईंले के उद्देश्य हासिल गर्न खोजेको हो भन्नेमा पनि प्रष्ट हुन जरुरी छ: घट्नाको वर्णन गर्दा, वातावरणको चित्रण गर्दा र जटिल
विषयलाई प्रस्तुत गर्दा, सबैको आ-आफ्नै शैली हुन्छ।
To view all the files in this page correctly, you may need to
|
|
|