BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
06 जनवरी, 2009 15:18 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
संविधान लेख्ने समितिको चुनाव फेरि स-यो
 
संविधानसभा बैठकको एक दृश्य
संविधानसभाका विभिन्न समितिका सभापतिहरुको चुनाव अझै हुनसकेको छैन
नयाँ संविधान लेख्ने संविधानसभाका समितिहरुका सभापतिको निर्वाचन आफैले तोकेको मितिमा गर्न पटक-पटक असफल भएका दलहरुले चुनावको मिति फेरि सारेका छन्।

पुस २५ गतेको निम्ति तोकिएको १४ वटा समितिको चुनाव अब २९ गते हुने छ।

उक्त घोषणा सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलवार साँझ बसेको संविधानसभाको बैठकमा गरेका हुन्।

सभापति चयनको सयमसीमा तोकिएको यो चौथो पटक हो।

संविधान लेख्न बनाइएको कार्यतालिकामा मंसिर मसान्तसम्म विभिन्न समिति गठन गरी सभापति चयन गर्ने उल्लेख थियो।

दलहरुले मंसिरको अन्तिम दिन सदस्य त छाने, तर सभापति चयन गर्ने अन्तिम म्याद थप पन्ध दिन बढाएर पुस १५ गतेसम्म राखे।

त्यो पनि सम्भव नभए पछि चुनाव २५ गतेको निम्ति तोकिएको थियो।

दलहरुले फेरी त्यो मिति ४ दिन पछि सारेका छन्।

विश्वास

अन्तरिम संविधानमा दुई वर्षभित्र नयाँ संविधान लेख्ने समयावधि तोकिएको छ।

छ महिना बितीसक्दा पनि संविधान लेख्ने काम शुरु भएको छैन।

आफैले तोकेको समयभित्र संविधान समितिका सभापति छान्न दलहरु बारम्बार असफल हुन थाले पछि 'तोकिएको समयभित्र संविधान लेखिएला र?' भनी शंका गर्नेहरुलाई थप बल पुगेको छ।

तर कार्यतालिकामा केही फेरबदल भए पनि दलहरुले बाँकी डेढ वर्षभित्र संविधान लेख्न सकिने विश्वास गुमाइ सकेका छैनन्।

त्यस्तै विश्वास सभाअध्यक्ष नेम्वाङमा पनि देखियो।

मिति सारेको घोषणा गरे लगत्तै बीबीसीलाई प्रतिक्रिया दिँदै उनले भने, "संविधान निर्माणको प्रकृयामा असर पर्न दिइने छैन।"

तर बारम्बार स्थगित र अवरुद्ध हुँदै आएको संविधानसभा व्यवस्थापिका संसदको बैठक भने सोमवार पनि स्थगित हुन पुगेको छ।

सत्तासीन र प्रतिपक्षि प्रमुख दलहरु बैठक नियमित गर्न विहान एकमत भए पनि केही सानादलहरुको विरोधका कारण अवेर साँझ बैठक स्थगित गरिएको सूचना टाँसिएको थियो।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>