BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
04 जनवरी, 2009 14:28 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
माओवादी र एमालेबीच आरोप प्रत्यारोप
 
नेकपा एमालेको बल्खुस्थित कार्यालय
एमाले र माओवादी नेताहरूबीच एकहप्ताअघि गोदावरीमा एकखालको सहमति बनेको थियो
सरकारमा संलग्न दुई मुख्य दलबीच फाटो बढेको संकेत देखिएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकमा सो पार्टीका वरिष्ठ नेताहरुले सरकारको दोस्रो प्रमुख दल नेकपा एमालेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

नेकपा एमालेका नेताहरुले गत साता गोदावरीमा भएका सहमतिहरु माओवादीले पूरा नगरेको आरोप लगाइरहेको बेला माओवादीले एमालेका केहि नेताले प्रतिपक्षी दलको जस्तै भूमिका खेलेको प्रत्यारोप लगाएका छन्।

ललितपुरको गोदावरीमा दुई दलका शीर्ष नेताहरुबीच आपसी सम्बन्ध सुधार्दै सरकार सञ्चालन गर्ने सहमति भएको एक साता नबित्दै ती दलहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्।

भूमिका

आइतबार नेकपा माओवादीको केन्द्रीय सचिवालयको बैठकमा सो पार्टीका नेताहरुले सत्तामा सम्मिलित दोस्रो ठुलो दल नेकपा एमालेको भूमिकाप्रति प्रश्न उठाएका थिए।

"एमालेका केहि नेताहरुको भूमिका एकातिर सत्तापक्षको जस्तो, अर्कोतिर प्रतिपक्षको जस्तो देखिएको छ," सचिवालय सदस्य सीपी गजुरेलले भने।

गोदावरीमा भएको दिनभरको बैठकपछि ती दलले कब्जा सम्पत्ति फिर्ता गर्ने, सरकारका विभिन्न रिक्त पदहरु पूर्ती गर्ने लगायतका सहमति गरेका थिए।

तर तीमध्ये कुनै पनि पालना नभएको वताउँदै नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादीले उल्टै आफ्नो पार्टीमाथि आरोप लगाएको दावी गरेका छन्।

"माओवादी चाहन्छ हामीले उसका बदमासीहरुको पनि समर्थन गरौं। त्यसरी त कहाँ सरकार चल्छ?" ओलीले वताए।

विपक्षी दललाई पूर्ण आश्वस्त पार्न नसकेर समस्यामा परेको नेकपा माओवादीको सरकारको सत्तामै सहभागी दल नेकपा एमालेसंग समेत असन्तुष्टि बढेपछि ऊ झनै अप्ठेरोमा पर्ने विश्लेषकहरुले औंल्याएका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>