BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
03 जनवरी, 2009 16:59 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
पूर्वी तराईमा शान्तिको सन्देश पु-याउन सडक नाटक
 
मध्य तथा पूर्वी तराईमा प्रदर्शन गरिएको एउटा सडक नाटक
नाटकमा महिला उत्पीडन जस्ता समस्याहरुलाई चित्रण गरिएको छ
हिंसाग्रस्त मध्य तथा पूर्वी तराईमा शान्तिको सन्देश पु-याउन एउटा नाट्य समुह सकृय भएको छ।

दिनहुँ हत्या हिँसाको घटनाबाट अक्रान्त बनेको तराईवासीबीच शान्ति सन्देश बोकेको सो नाटक अत्यन्त लोकप्रिय बनेकोछ ।

उक्त सडक नाटकमा गीतको धुनमा मिथिला नाट्यकला परिषदका रंगकर्मीहरु अभिनय गर्न थाल्छन।

खोँता श्रृंगार नामक मैथिली सडक नाटकले विभिन्न जातजाती भएको सिंगो नेपाललाई हिँसारहित सुन्दर देश बनाउने सन्देश ग्रामिण क्षेत्रमा प्रवाहित गरिरहेकोछ।

धनुषा जिल्लाको बेंगाडाबर गाउँ विकास समितिमा नाटक हेरेपछि एकजना दर्शक सूर्य पुडासैनीले त्यसले समाजमा विद्यमान विकृतिहरुबारे जानकारी दिएको बताएका छन्।

सजिव चित्रण

नाटकमा द्वन्दमा परेका नेपालीहरुको पीडा, महिला उत्पीडन, समाजिक विभेद जस्ता समस्याहरुलाइ सजिव चित्रण गरिएको छ।

नाटकका निर्देशक रमेश रञ्जन झाले नेपाली जनताको मन च्यातिएको बेला शान्ति स्थापनाका लागि नागरिकको जिम्मेवारी र राज्यको दायित्व बोध गराइने कथावस्तु नाटकमा समेटिएको बताएका छन्।

एक घण्टा लामो उक्त नाटकमा गीतको बोलमा कलाकारहरुले अभिनय गर्छन्।

आठवटा गीतमा आधारित नाटक खोँता श्रृंगारमा कलाकारहरुले कडा मिहिनेत गर्नु परिरहेको एकजना अभिनेता सुनिल मिश्रले बताए।

नाटकले ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई शान्तिको सन्देशसँगै समाजिक राजनीतिक चेतना समेत जगाएको धारणा व्यक्तगर्दै नेकपा एमालेका सभासद सत्रुधन महतोले नाटकलाई तराईको सबै द्वन्द्वग्रस्त जिल्लाहरुमा पु-याउनु पर्ने बताएका छन्।

पहिलो चरणमा धनुषा महोत्तरी र सर्लाही जिल्लामा नाटक प्रदर्शन गरिनेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>