Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
30 डिसेम्बर, 2008 12:21 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
अपमानजनक
 
बीबीसी पत्रकारिता भाषा पाठशाला

अपमानजनक

आफ्ना कुरा अरूको मुखमा नकोच्याउनुहोस्:

• हाम्रो यो रोचक एवं ज्ञानवर्धक कार्यक्रम तपाईंलाई कस्तो लाग्यो, लेखी पठाउनुहोस्।
आफैंले 'रोचक एवं ज्ञानवर्धक' भनेर घोषणा गरिसकेपछि कस्तो लाग्यो भनेर सोध्नुको के तुक? यसले श्रोताको अवमूल्यन बाहेक केही गर्दैन।

• आन्दोलनका नाममा मुट्ठीभर व्यक्तिले जुन अराजकता मच्चाइरहेका छन् यसबारे तपाईं के भन्नुहुन्छ?
आन्दोलनकारीलाई आफैंले 'मुट्ठीभर' भनेर होच्याउँदै तिनले अराजकता मच्चाइरहेको निष्कर्ष

निकालिसकेपछि अर्काको प्रतिक्रिया माग्नु भनेको 'आन्दोलनकारीलाई अझ बढी गाली गरिदिनुहोस्' भन्नु हो। यसले पनि प्रतिक्रिया मागिने व्यक्तिको अवमूल्यन बाहेक केही गर्दैन।

आरोपलाई सत्य झैं गरी प्रस्तुत नगर्नुहोस्:

• डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएकोमा रोष प्रकट गरेका छन्।
स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको भन्ने डाक्टरहरूको आरोप हो। तर यस वाक्यले त्यसलाई सत्य झैं गरी प्रस्तुत गरेको छ।

 कुरुचिग्रस्त र फोहरी भाषाबाट बच्नुहोस्
 

त्यसबाट बच्न भन्नुपर्छ ― डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको आरोप लगाउँदै त्यसप्रति/उहाँको रवैयाप्रति रोष प्रकट गरेका छन्।

• प्रधानमन्त्रीले सामन्तवादको पृष्‍ठपोषक विपक्षी दलसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो।
यहाँ पनि प्रधानमन्त्रीको आरोप सत्य झैं गरी प्रस्तुत भएको छ। सूचना सही तवरले सम्प्रेषित गर्न भन्नुपर्छ ― प्रधानमन्त्रीले विपक्षी दलमाथि सामन्तवादको पृष्‍ठपोषक भएको आरोप लगाउदै ऊसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो।

तपाईं न्यायाधीश होइन। आफैं फैसला नगर्नुहोस्:

• कार्यालयको गाडी खरीद गर्दा दुई लाख रुपैयाँ घूस खाएका प्रजिअविरुद्ध प्रमाणको अभावमा हालसम्म मुद्दा दायर गर्न सकिएको छैन।
मुद्दा दायर गर्न लायक सामान्य आधार समेत नभएको अवस्थामा दुई लाख रुपैयाँ घूस खाएको भनेर पत्रकार आफैंले फैसला गर्न मिल्दैन।

• बलात्कारी जिल्ला शिक्षा अधिकारी विरुद्ध शिक्षकहरूले दुई घण्टा धर्ना दिए।
बलात्कारी भन्ने शिक्षकहरूको आरोप होला, त्यत्तिकै आधारमा बलात्कारी भन्न मिल्दैन। अदालतले फैसला नगरेसम्म कसैलाई पनि बलात्कारी/भ्रष्‍टाचारी/तस्कर/हत्यारा भन्न पाइँदैन।

 तपाईं न्यायाधीश होइन। आफैं फैसला नगर्नुहोस्
 

• सर्वोच्च अदालतको गलत निर्णय विरुद्ध प्रमुख बैंकहरूले संसदमा संयुक्त पत्र पठाएका छन्।
सर्वोच्च अदालतको निर्णय गलत छ भनेर फैसला गर्ने तपाईंको आधार र हैसियत के ? यहाँ 'गलत'शब्द राख्‍नु नै गलत हो।

• 'दोषीमाथि छानबिन गरी कारवाही गरिनेछ।'
छानबिन गरेपछि पो दोषी हो कि होइन, स्पष्‍ट हुन्छ। शुरुमै 'दोषी' किटान गरिसकेपछि केको छानबिन गर्ने?

कुरुचिग्रस्त र फोहरी भाषाबाट बच्नुहोस्:

• १२ वर्षकै उमेरमा सगरमाथा चढेर उनले मै हुँ भन्ने पर्वतारोहीहरूलाई झापड लगाइदिएका छन्।
— हिन्दीमा शपथ ग्रहण गरेर उहाँले संविधानलाई लोप्पा ख्वाइदिनुभयो।
— जसले लोकतन्त्र विरुद्ध कुरा गर्छ उसलाई नंग्याउनुपर्छ।
— सरकारले जनचाहना माथि बलात्कार गरेको छ।
— पत्रकारिता पढ्न नदिएर उनका बाबुआमाले उनको भावनाको हत्या गरिदिए।

फोहरी विचारले भाषालाई फोहरी बनाउँछ र फोहरी भाषाले पनि विचारलाई फोहरी बनाउँछ।

शिष्‍ट, सुरुचिपूर्ण भाषामा व्यक्त गर्न सकिने कुराका निम्ति झापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गर्ने, हत्या गर्ने जस्तो भाषा प्रयोग गर्नु असभ्यता हो र वाणी (वाग्देवी) को अपमान पनि।

 
 
College of Journalism परिचय
पत्रकारितामा भाषाको प्रयोगबारे बीबीसीले तयार पारेको विशेष सामाग्री
 
 
पत्रपत्रिका सही प्रयोग
जे भन्न खोजिएको हो, शब्द र वाक्यले ठ्याक्कै त्यही बुझाउनुपर्छ
 
 
सन्तुलन सन्तुलन
शब्द, पदावली, आदर, तुलना आदिमा पनि सन्तुलन अत्यावश्यक हुन्छ
 
 
Writing शब्दाडम्बर
भनाइलाई बोझिलो पार्नेगरी वाक्यलाई नचाहिने शब्दको भारी बोकाउनु हुंदैन
 
 
Translation अनुवाद
मूल भाषाको छायाँले नछोपोस्, आशय नउल्टियोस् भनेर सतर्क रहनुपर्छ
 
 
books साहित्यभन्दा फरक
पत्रकारिताको भाषामा साहितत्यको लेप लगाउनु अनुपयुक्त हुन्छ
 
 
एलन लिटल विशेषज्ञको सल्लाह
स्पष्ट रेडियो लेखनबारे बीबीसीका विशेष संवाददाता एलन लिटलको धारणा
 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>