BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
04 डिसेम्बर, 2008 15:53 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
चिनियां विदेशमन्त्रीको तीनदिने नेपाल भ्रमण सम्पन्न
 
सहयोग सम्झौतामा हस्ताक्षर गर्दै नेपाल तथा चीनका विदेशमन्त्रीहरु
आफ्नो भ्रमणका क्रममा चिनियां विदेशमन्त्रीले सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए
चीनका विदेशमन्त्री याङ चे छी नेपालको तीन दिने औपचारिक भ्रमण सिध्याएर फर्केका छन्।

आफ्नो ५० घण्टे नेपाल बसाईको अन्तिम कार्यक्रम अन्तर्गत उनले बिहीबार बिहान राष्ट्रपति रामवरण यादवसंग शिष्टाचार भेट गरेका थिए।

भेटपछि विदेशमन्त्री याङले आफ्नो भ्रमण सफल भएको बताए।

उनले भने, “यो भ्रमणले नेपाल र चीन बीचको संबन्ध बलियो बनाउन मद्दत पुगेको छ। नेपाली जनता र सरकारबाट दिएको आतिथ्यबाट म ज्यादै प्रभावित भएको छु।“

खास एजेण्डा नभएको भनिएको आफ्नो भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र परराष्ट्र मन्त्री उपेन्द्र यादवसंगको भेट वार्तामा चिनियाँ मन्त्रीले आपसी हित जगेर्ना गर्न जोड दिएका थिए।

तिब्बतीहरुका गतिविधिप्रति संकेत गर्दै उनले नेपालमा चीन विरोधी गतिविधि विरुद्ध सचेत गराएका थिए।

नेपालले यो कुरामा आफु सचेत र सजग रहेको दोहो-याएको थियो।

चीनले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सहयोग गर्ने वाचा दोहो-याएको थिए।

भ्रमण

मन्त्री याङ झण्डै चार वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ विदेशमन्त्री हुन्।

पछिल्लो पटक तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सत्ता हत्याएकोमा त्यसको तीव्र अन्तर्राष्ट्रिय विरोध भइरहेका बेला चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गरेका थिए।

यो पटक माओवादीको नेतृत्वको सरकारप्रति अन्तर्राष्ट्रिय समुदायले सशंकित हुँदै पर्ख र हेरको नीति लिइरहेको भनी आलोचकहरुले बताइरहेका बेला चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गरेका हुन्।

परम्परागत रुपमा नजीकको संबन्ध भएको छिमेकी नेपालको भ्रमण सक्याएर चिनियाँ विदेशमन्त्री याङ अर्को निकट छिमेकी म्यान्मार गएका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>