BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
19 नोभेम्बर, 2008 16:31 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
दुई प्रस्तावमा माओवादी नेताहरु विभाजित
 
मोहन वैद्य किरण
खासगरी राष्टि्यताको सवालमा मोहन वैद्य पार्टी अध्यक्षसंग असहमत रहेको बताइएको छ
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीको केन्द्रिय समितिको बैठकमा प्रस्तुत दुई समानान्तर प्रस्तावहरुमाथि जारी छलफलमा नेताहरु विभाजित भएका छन्।

प्रस्तावहरुबारे धारणा राख्ने क्रम नसकिएकाले बुधवार सकिने भनिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

एकजना वरिष्ठ माओवादी नेता सीपी गजुरेलका अनुसार सचिवालयका सदस्यहरुले ती प्रस्तावहरुमाथि आ-आफ्नो धारणा राखिसकेका छन् भने केन्द्रिय समिति र सल्लाहकार समितिका सदस्य तथा आमन्त्रित नेताहरुले बोल्न बाँकी छ।

सोमबारदेखि शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावप्रति असहमति जनाउँदै अर्का प्रभावशाली नेता मोहन वैद्य (किरण) ले फरक प्रस्ताव पेश गरेका थिए।

दुवै प्रस्ताव भेलामा

नेता किरणको प्रस्तावको पक्षमा खुलेर देखिएका गजुरेलले केन्द्रिय समितिमा दुई प्रस्ताव एकीकृत हुने सम्भावना नरहेको बताए।

उनले भने, "मतदानबाट बहुमत र अल्पमतको प्रस्तावको रुपमा लग्ने वा सोझै लग्ने बारे निर्णय भएको छैन। तर दुवै प्रस्ताव भेलामा जान्छ।"

केन्द्रिय समितिको बैठक लम्बिएकाले उक्त बैठक भइरहेको भक्तपुरमा बिहीवरदेखि हुने भनिएको राष्ट्रिय भेला पनि एकदिन पछि सर्ने सम्भावना देखिएको छ।

तर नेता गजुरेलले उदघाट्न मात्रै गरेर भए पनि बिहीवार साँझसम्म भेला शुरु गर्ने सोचाइ रहेको बताए।

लक्ष्य

भेलाको एउटा प्रमुख लक्ष्य संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापना भएपछि देखिएको राजनीतिक दिशाबारेको अन्यौल अन्त्य गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्नु हो।

हाललाई विवाद थांती राख्दै छलफल थप लम्ब्याउने निर्णय पनि हुनसक्ने संकेत गर्दै नेता गजुरेलले भने, "बहस अझै तलसम्म लैजानु पर्छ, अहिले नै टुंग्याउनु हुन्न भन्ने कुरा आयो भने आगामी महाधिवेशनसम्म पनि जान सक्छ।"

झण्डै डेढ दशक लामो नेकपा माओवादीको इतिहासमा विस्तृत छलफल हुने गरी पहिलो पटक सर्वशक्तिमान अध्यक्षलाई चुनौती दिँदै छुट्टै प्रस्ताव पेश भएकाले केन्द्रिय बैठक र राष्ट्रिय भेलालाई निकै महत्वका साथ हेरिएको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>