|
दुई भिन्न प्रस्तावपछि माओवादीमा मतभेद
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
केन्द्रीय समितिको बैठकमा सोमवार दुई फरक प्रस्तावहरु पेश गरिए पछि तीव्र बहस भइरहेको नेकपा माओवादी भित्र दुई प्रस्तावलाई एकिकृत
गर्ने प्रयास मंगलवार सफल हुन सकेन।
प्रस्ताव पेश गरेका दुई नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फरक मत प्रस्तोता मोहन बैद्य (किरण) बीच प्रधानमन्त्री निवास बालुवाटारमा त्यसबारे छलफल भएको किरण निकट एक नेताले बताएका छन्। दुबै पक्षका बरिष्ठ नेताहरुले बीबीसीसंगको अनौपचारिक कुराकानीमा दुई प्रस्ताव मध्ये एउटा फिर्ता लिन लगाउने वा एकिकृत गर्ने प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन्। निर्देशन उनीहरुका अनुसार, त्यो प्रयास बुधवारको बैठकमा पनि हुनेछ। तर सोमवारको केन्द्रिय समितिको बैठकमा प्रवक्ता बाहेक अरुलाई यस बारे नबोल्न 'कडा निर्देशन' जारी गरिएको बताउँदै कसैले पनि औपचारिक रुपमा बोल्न मानेनन्। प्रेससंग बोल्न तोकिएका प्रवक्ता कृष्णबहादुर महराले त साझा प्रस्ताव तयार गर्न नेतृत्व तहमा अनौपचारिक छलफल भएको स्वीकार नगरी भने, "बालुवाटारमा साथीहरु सरकारी कामको निम्ति जानु भएको होला।" दुई भिन्न मत औपचारिक रुपमा प्रस्तुत भए पछि पार्टी 'गम्भिर बहसमा' प्रवेश गरेको स्वीकार गरेका दुबै पक्षका नेताहरुले बहुमत भने आ-आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। प्रचण्ड पक्षिय नेताका अनुसार, किरणले दलीय प्रतिष्पर्धालाई स्वीकार गर्न नचाहनु नै मुख्य बिवादको विषय हो। किरण समूहप्रति निकै आक्रोशित ती नेताले दुई कांग्रेस विभाजनको उदाहरण प्रस्तुत गर्दै भने, "उहाँहरु (किरण पक्ष) शेरबहादुर देउवा बन्न खोज्दै हुनुहुन्छ।" आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्ने किरण पक्षका नेताको भनाईमा, पार्टी नेतृत्व सत्ता-लिप्सा र संसोधनवादमा भासिन लागेकाले 'क्रान्तिको उद्देश्य विसर्जन हुन लागेकाले' त्यो रोक्न फरक मत दर्ता भएको हो। भेला बुधवारको बैठकमा छलफल नसकिए बिहिवारदेखि शुरु हुने राष्ट्रिय भेला सर्ने अनुमान गरिन्छ। तर प्रवक्ता महरा भन्छन्, "भेला सर्दैन। समयमै हुन्छ।" उक्त भेलाको निम्ति प्रस्ताव तयार गर्न बसेको केन्द्रिय समितिको बैठकमा पेश भएका दुबै प्रस्ताव सार्वजनिक गरिएका छैनन्। काठमाण्डूस्थित हाम्रा सम्वाददाता भन्छन्, "ती प्रस्तावलाई लिएर चर्को आन्तरिक संघर्षको छिनोफानो कसरी होला भन्ने संकेत निकै चासो
र उत्सुकतापूर्ण बन्न पुगेको बुधवारको केन्द्रिय समितिको बैठकबाट पाउन सकिने आशा गरिएको छ।" |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||