BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
27 अगष्ट, 2008 16:16 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
भारतद्वारा सप्तकोशीको तटबन्ध मर्मत शुरु
 
बाढी पीडितहरु
विस्थापितहरुले बाढीको समस्याको स्थायी समाधान खोज्न माग गरेका छन्
सप्तकोशीको तटबन्ध टुटेको नौदिनपछि भारत सरकारले नेपाल सरकारको सहयोगमा त्यसको मर्मत कार्य शुरु गरेको छ।

तटबन्ध कटान भएको स्थानबाट कोशीको मुख्य बहाव वगेको हुनाले कोशीको पानी पुरानै बाटोमा फर्काउनको लागि हिउँद कुर्नुपर्ने अधिकारीहरुले बताएका छन्।

पूर्वी तटबन्धको तल्लो तटमा रहेको स्परको भारतको दरभंगास्थित प्राविधिक टोलीले मर्मत शुरु गरेका छन्।

माथिल्लो तटमा पूर्णियाका प्राविधिक टोलीले काम शुरु गरेका छन्।

त्यसलाई जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले सहयोग गरिरहेका छन्।

मर्मत कार्य तीव्र पार्ने विषयमा विराटनगरमा नेपाल र भारतका अधिकारीहरुबीच कुरा भएको भौतिक योजना मन्त्री विजय गच्छदारले बताए।

"एकीकृत रुपमा सबै विभाग जस्तै नदी नियन्त्रण, प्राविधिक, सुरक्षा निकाय, विज्ञ आदिको संलग्नतामा हामी क्रियाशील छौं। भारतीयहरुपनि संलग्न छन्," गच्छदारले भने।

सिंचाई विभागका उपमहानिर्देशक अनिल कुमार पोखरेलका अनुसार दुई देशका अधिकारीहरुबीच तटबन्धमा बसिरहेका विस्थापितलाई हटाउनु पर्ने र ब्यारेजदेखि चतरासम्मको ७४ वटा स्परमध्ये ४४ वटा भारतले तत्काल मर्मत गर्नुपर्ने जस्ता विषयमा सहमति भएको छ।

मर्मत

कोशीले कटान गरेको पूर्वी तटबन्ध गहिरो हुँदै गइरहेको कारण यसको मर्मतमा समय लाग्ने पोखरेलले बताए।

उनले भने, "त्यो बनाउन कोशीको बहाव न्युन भएको बेलामात्र सकिन्छ। हिउँद पर्खिनु पर्छ।"

तटबन्धको पुनर्निर्माणको योजना बनाउन भारतीय प्राविधिक टोलीका प्रमुख तथा नदी विशेषज्ञ एन सन्याल समेतले बाढीग्रस्त क्षेत्रको हवाइ निरीक्षण गरेका थिए।

भारतको जल संशाधन कार्यालय, पूर्णियाका प्रमुख इञ्जिनियर रामप्रसाद रामका अनुसार बर्खे मौसम सकिएपछि उच्च समितिले नदीको निरीक्षण गर्नेछ र नदीको दायाँपट्टि एउटा समानान्तर नहर बनाउने कुरा पनि अगाडि बढाइने छ।

यसैबीच सुनसरी जिल्लाको कुशाहा क्षेत्रमा तटबन्ध भत्काएर ठूलो जनधनको क्षति गराएको एक हप्ता नवित्दै सप्तकोशीले सोही जिल्लाको वराह क्षेत्रमा पनि तीव्र कटान थालेपछि त्यस क्षेत्रका मानिसहरु त्रसित बनेका छन्।

सरकारी अधिकारीहरुलेपनि त्यसलाई खतरापूर्ण भन्दै बुधबारदेखि मर्मत शुरु गरिएको जनाएका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>