BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
26 अगष्ट, 2008 16:31 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
कोसीको तटबन्ध पुनर्निर्माण बुधबारदेखि हुने आशा
 
बाढी पीडितलाई औषधि वितरण गरिंदै
कोशी नदीको बाढीबाट पीडितहरूलाई राहत उपलब्ध गराउने कार्य जारी रहेको छ
कोसी नदीको भत्किएको तटबन्ध मर्मत कार्यमा भारतीय प्राविधिज्ञहरुको एउटा टोलीले बुधबारदेखि काम शुरु गर्ने आशा गरिएको अधिकारीहरुले बताएका छन्।

तर दुई दिनअघि विराटनगर आइपुगेको उक्त टोलीले तटबन्ध भत्केको ठाउँ सुनसरीका अधिकारीहरुसंग मंगलबारसम्म सम्पर्क गरिनसकेको बताइएको छ।

सप्तकोसीको तटबन्ध कटान भएको एक हप्ता बितिसकेको छ।

बाढीका कारण सुनसरीका चालिस हजार मानिस विस्थापीत हुनुका साथै ५५ सय हेक्टर जमिन विनास भएको गृहमन्त्रालयले जानकारी दिएको छ।

तर तटवन्ध निर्माणका बारेमा स्थलगत अवलोकन गर्न भारतीय इन्जीनियरहरुको टोली विराटनगरमा आएको छ।

निरीक्षण

बुधबार नेपाली र भारतीय टोलीले संयुक्त रुपमा स्थलगत निरीक्षण गरेपछि मात्र भारतले पुनर्निर्माणको काम थाल्ने भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार सप्तकोसीले कोशी ब्यारेजको १२ किलोमिटरमाथिको पश्चिम कुसाहामा रहेको तटबन्ध डेढ किलोमिटर कटान गरेको छ।

कटान भएको क्षेत्रबाट कोशीको मुख्य धार पश्चिम कुशाहा, हरिपुर र श्रीपुर हुदै भारत तर्फ बगिरहेको छ।

पुनर्निर्माणको विषयमा बुधबार मात्र थाहा हुने सुनसरीका स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले बताए।

भारतीय प्राविधिक टोली विराटनगरमा आएको दुई दिन बितिसक्दा पनि सो टोलीले स्थानीय प्रशासनसँग सम्पर्क नगरेको स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी भनाई छ।

भारतीय अधिकारीहरुले दिनै जसो बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरिरहेको छ।

भारतीय टोलीका एक सदस्य बिहार राज्यका सुपरिट्न्डेन्ट इन्जिनियर श्याम विहारी रामले पुनर्निर्माण शुरू हुनअघि एउटा वरिष्ठ भारतीय टोली नेपाल आउने बताए।

उनले भने, "त्यसपछि पानीको सतह कमपछि हामीले पाइलट च्यानल बनाएर कोसीको पानीलाई बराजतर्फ मोड्ने छौं।

"त्यसरी पानीको दबाब कम भएपछि हामी भत्केको तटबन्धलाई जोड्ने काममा लाग्नेछौ।"

'केही समय लाग्ने'

रामले पुनर्निर्माणको कामका लागि कम्तिमा चार-पाँच महिना लाग्ने बताए।

थप कटान हुनबाट बचाउनको लागि र पुनर्निर्माणका लागि तटबन्धमा बसिरहेका विस्थापितहरुलाई हटाउन भारत सरकारले आग्रह गरेको नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति रामवहादुर गुरुङले बताएका छन्।।

बाढीका कारण अवरुद्ध भएको महेन्द्र राजमार्गको मर्मतको लागि पनि नेपाल सरकार र भारतसरका बीच छलफल भईरहेको अधिकारहिरुले जानाएका छन्।

रक्षामन्त्री रामबहादुर थापा वादल र भौतिक योजना तथा पुनर्निर्माण मन्त्री विजयकुमार गच्छदारले बाढी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन्।

निरिक्षणपछि विराटनगर पुगेका मन्त्रीहरु र भारतीय अधिकारीबीच कोशीको तटबन्न्ध निर्माण सम्बन्धी छलफलको कार्यक्रम रहेको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>