|
मन्त्रीको मर्यादाक्रमबारे एमालेको अडान यथावत
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो वरिष्ठ मन्त्री पद नपाएर शपथ ग्रहण बहिष्कार गरेको नेकपा एमालेले आफ्नो अडान नत्यागेको
दोहोर्याएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेइजिङ् भ्रमण शुरु गर्नुअघि आफ्ना दलका तर्फबाट नयाँ अर्थमन्त्री बाबुराम भट्टराईलाई कार्यवहाक नियुक्त गरेका थिए। तर एमाले आफ्ना तर्फबाट गृहमन्त्रालय सम्हाल्न तयार वामदेव गौतम नै मर्यादाक्रममा दोस्रो बरिष्ठ मन्त्री हुनुपर्ने शर्तमा दृढ छ। माओवादीले आफ्नो निर्णय नसच्याए सरकारमा नजाने चेतावनी एमालले दिएको छ। त्यस्का लागि थप छलफल हुनुपर्ने माओवादी नेताहरुले बताएका छन्। आशावादी यद्यपि महासचिव झलनाथ खनाल पछिल्लो गतिरोध टुंगिनेमा आशावादी छन्। बीबीसीसँग कुरा गर्दै खनालले प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किएपछी मन्त्रीमण्डलमा मर्यादाक्रम विवाद सुल्झिने सम्भावना रहेको बताए। खनालले भने, “उहाँहरु पनि मिल्नुपर्छ भन्नुहुन्छ। म पनि मिलाउनुपर्छ भन्नेमा छु। अब प्रधानमन्त्री फर्किएपछि छलफल हुन्छ।” एकजना वरिष्ठ माओवादी नेता मोहन बैद्य 'किरण'का अनुसार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री बेइजिङ् भ्रमणमा रहेकाले मर्यादाक्रम विवादका विषयमा पार्टीमा छलफल नै हुनसकेको छैन। बैद्यले भने, “अब उहाँ फर्किएपछी कुराकानी होला। तर सबैले मेरा गोरुका बार्है टक्का भन्ने खाल्का कुराहरु छोड्नुपर्छ।” बेइजिङ्बाट प्रधानमन्त्रीको टोलीको बुधबार मात्र फर्कने कार्यक्रम रहेको छ। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||