BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
24 अगष्ट, 2008 15:31 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
सप्तकोशीको पीडा: बाढी, विस्थापन र विछोड
 
सप्तकोशीको तटबन्ध भत्किएर आएको बाढी प्रभावित क्षेत्र
सप्तकोशीमा आएको बाढीबाट ३५ हजार भन्दा बढी मानिसहरू प्रभावित भएको बताइएको छ
सप्तकोशीमा आएको बाढीका कारण करीब ३५ हजार मानिस प्रभावित भएको अधिकारीहरुले बताएका छन्।

बाढीका कारण विस्थापित मध्ये कैयौं मानिसहरुमा परिवारजनसंग छुट्टिनुको पीडा पनि थपिएको छ।

बाढी आएको बेला ज्यान जोगाउन भागाभाग गर्ने क्रममा सयौं परिवारका सदस्यहरु एकआपसबाट छुटेका छन्।

बाढीले विस्थापित गरेपछि सुनसरीको इनरुवा, मधुवन र सप्तरीको २५ वटा शिविरमा बसेकाहरु मध्ये यस्तो पीडा सहन वाध्य मानिसहरु आफन्तजनसंग भेट्न व्याकुल छन्।

पीडा

श्रीपुरकी मालादेवी भगतको श्रीमान् अर्जुन भगत हराएको सात दिन भयो। वाढी आएको वेला उनी र उनको छोराछोरीलाई इनरुवा पुर्‍याएर सामान लिन गएका उनका लोग्ने अहिलेसम्म फर्केर आएका छैनन्। उनलाई कति खोज्दा पनि भेटिएको छैन भन्छिन्- माला देवी भगत ।

त्यसैगरी श्रीपुरकी ६० वर्षिया देवकी सदालाई पानीले डुवाउन लाग्दा सेनाको हेलिकप्टरले उद्धार गर्‍यो। उनको जवान छोरी कहाँ गईन उनलाई केही थाहा छैन। देवकी भन्छिन् - "मेरी छोरी जिउंदो छैन होला जस्तो लाग्छ।"

डुवानको पीडा त्यसमाथी पनि आफन्त विछोडिंदा उनीहरुलाई पर्नुसम्म पीर परेको छ।

बाढीका कारण भागदौड हुँदा कोही सप्तरी पुगे, कोही सदरमुकाम इनरुवा पुगेका छन्।

आशा

सप्तरी जिल्लामा बसेका विस्थापितहरु अफ्नो परिवार इनरुवामा छन् भन्ने विश्वासमा बसेका छन् भने इनरुवामा बसेकाहरु कोशी वराजछेउमा रहेका शिविरमा सुरक्षित छन् होला भन्ने आशामा छन्।

सप्तरी जिल्लामा शरण लिएर बसेका वसीर मियाले भने - "बस्तु लिएर यतातिर आएं। मेरो परिवार इनरुवामा छन् होला। फोनमा पनि भेट भएको छैन।"

विस्थापनको पीडा भोग्नु परेपनि केहिका सबै परिवार साथसाथै छन्। तर आफन्त हराएकाहरूको भने भोक, तिर्खा र निन्द्रा नै हराएको छ।

सात दिन देखि उद्धारमा लागिपरेका सामाजिक सचेतना केन्द्रका रमेश भट्टराई भन्छन् - शिविरमा नै बसेका भएपनि कतिपय परिवारका सदस्यहरूको अहिलेसम्म एक आपसमा भेट हुन नसकेको पनि छ।

बाढीका कारण कति हराए यसको कुनै यकिन तथ्यांक आउन सकेको छैन। मानवीय क्षतिका वारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपनि अहिलेसम्म आधिकारीहरुले पुष्टि गरेका छैनन् ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>