BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
22 अगष्ट, 2008 17:09 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
नौ सदस्यीय मन्त्रिमण्डल गठन; एमाले बाहिरै
 
एमाले नेता बामदेव गौतम
मर्यादाक्रममा प्रधानमन्त्रीपछि आफ्ना नेता बामदेव गौतम हुनुपर्ने एमालेको दावी रहेको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नियुक्त भएको एक हप्तापछि नौ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

सत्ता साझेदार गर्न अग्रसर तीन प्रमुख दलहरुबीच मर्यादाक्रमको विषयमा कुरा नमिलेपछ‌ि नेकपा एमालेद्धारा मन्त्रीकालागि प्रस्तावित सदस्यहरुले भने शपथ लिएनन्।

पहिलो चरणको सानो आकारको मन्त्रिमण्डलमा नेकपा माओवादी र मधेशी जनअधिकार फोरमका चार, चारजना मन्त्रीहरु छन्।

प्रधानमन्त्री पछिको दोस्रो स्थान कुन मन्त्रीले पाउने भन्ने विवाद बढेपछि आफ्ना प्रभावशाली नेता बामदेव गौतमको नेतृत्वमा सरकारमा जान तम्तयार एमालेले अन्तिम क्षणमा हात झिकेको थियो।

एमालेका नेता शंकर पोखरेलले भने, "पहिला एकजनामात्र उपप्रधानमन्त्री राख्ने सहमति भएको थियो। अब अहिले धेरै राख्ने कुरा आयो।

"त्यसमाथि मर्यादाक्रममा एमाले भन्दा अरुकै उपप्रधानमन्त्री माथि राख्ने कुरा भएपछि सहमति भएन र एमालेले शपथमा भाग लिएन।"

एमालेले नमाने पनि नेकपा माओवादी र मधेशी जनअधिकार फोरमका मन्त्रीहरुले भने शपथ लिएका थिए।

शपथ

विवादका कारण शुक्रबार अबेर साँझमात्र राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा मन्त्रीहरुलाई शपथ दिलाएका थिए।

नयाँ मन्त्रिमण्डलमा नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले अर्थ मन्त्रालय सम्हालेका छन्।

 मर्यादाक्रममा एमाले भन्दा अरुकै उपप्रधानमन्त्री माथि राख्ने कुरा भएपछि सहमति भएन र एमालेले शपथमा भाग लिएन
 
एमाले नेता शंकर पोख्रेल

माओवादीका अर्का प्रभावशाली नेता रामबहादुर थापा बादल रक्षा मन्त्री भएका छन्।

माओवादी नेता कृष्णबहादुर महराले आफुले यसअघि सम्हाली आएको सूचना तथा सञ्चार मन्त्रालय नै पाएका छन् भने अर्का नेता देव गुरुङले कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषद्मा फोरमको नेतृत्व उपेन्द्र यादवले परराष्ट्रमन्त्रीको रुपमा गरेका छन्।

त्यस्तै सो पार्टीबाट विजय गच्छदारले निर्माण तथा यातायात, जेपी गुप्ताले कृषि र रेणु यादव शिक्षा मन्त्री भएका छन्।

गणतन्त्र नेपालको प्रथम निर्वाचित सरकारमा एकजना मात्र महिला मन्त्री छिन्।

यसअघि नेकपा एमालेले पनि आफ्नो तर्फको मन्त्रीहरुको नामावली सार्वजनिक गरेको थियो।

जसअनुसार बामदेव गौतमको भागमा उपप्रधानमन्त्री तथा गृह मन्त्रालय परेको थियो।

त्यस्तै विष्णु पौडेललाई जलश्रोतमन्त्री, रामचन्द्र झालाई स्थानीय विकास मन्त्री, अष्टलक्ष्मी शाक्यलाई उद्योग मन्त्री, किरण गुरुङलाई वनमन्त्री र गोपाल शाक्यलाई युवा तथा खेलकुद मन्त्री बनाउने निर्णय सो पार्टीले गरेको थियो।

शुक्रबार गठन भएको मन्त्रिमण्डललाई प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणबाट फर्किए लगत्तै विस्तार गरिने बताइएको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>