BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
15 अगष्ट, 2008 13:24 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
प्रचण्डको राजनीतिक यात्रा
 

 
 
माओवादी नेता प्रचण्ड
राज्य विरूद्ध विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल राज्यको बागडोर सम्हाल्न पुगेका छन्
दश वर्षसम्म राज्यका विरुद्ध हतियार उठाएका विद्रोही कम्युनिष्ट नेता प्रचण्डको काँधमा शुक्रबारदेखि राज्य संचालनको बागडोर आइपरेको छ।

चौवन्न वर्षअघि कास्की जिल्लाको ढिकुरपोखरीको एउटा सामान्य परिवारमा जन्मिएका छविलाल दाहाल चितवनको कृषि क्याम्पसमा स्नातकको विद्यार्थी पुष्पकमल दाहाल हुँदै रोल्पाका दुर्गम गाँउबाट विद्रोही नेता प्रचण्डका रुपमा स्थापित भएका थिए।

उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका छन्।

झण्डै चार दशकअघि राजनीति शुरु गरेको एक दशकपछि नै २५ वर्षसम्म भूमिगत भएका प्रचण्ड दुई वर्षअघि पहिलो पटक एउटा खुल्ला पत्रकार सम्मेलनमा प्रधानमन्त्री निवास बालुवाटारमा देखापरेका थिए।

अहिले उनी त्यही निवासमा सर्ने तयारी गरिरहेका छन्।

बाबु मुक्तिराम दाहाल र आमा भवानी दाहालका आठजना सन्तानमा सबभन्दा जेठो प्रचण्ड आफैं चार सन्तानका बाबु हुन्।

खेलाडी

उनी सार्वजनिक हुँदा अघिसम्मको रोमाञ्च र कौतुहल हटिसकेको छ।

तर राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिको अन्तरविरोधको सूक्ष्म विश्लेषण गरी त्यसमा मज्जाले खेल्न सक्ने कुशल खेलाडीका रुपमा स्थापित उनको परिचय कायमै छ।

यही परिचयका आधारमा उनी १३, ००० नेपालीले ज्यान गुमाएको राज्य विरुद्धको १० वर्षे सशस्त्र संघर्षको नेतृत्त्व गर्दै अहिले अढाई करोढ जनताको राज्यकै बागडोर सम्हाल्ने अवस्थामा आफूलाई ल्याई पुर्‍याउन सफल भएका छन्।

कानुन र संविधानको अवज्ञा गर्ने नेताको रुपमा विद्रोही नेता प्रचण्डले पाएको सफलता कानुन र संविधानको पालना गराउँदै गठबन्धन सरकार हाँक्नमा पनि दोहो-याउनु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि चुनौतीपूर्ण हुनेछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>