|
नवनियुक्त राष्ट्रपति यादवद्वारा राष्टि्य एकतामा जोड
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नवनिर्वाचित राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको रक्षा र पालना गराउने आफ्नो पहिलो काम हुने बताएका छन्।
उनले आफुमाथि ऐतिहासिक जिम्मेवारी आएको बताउँदै सबैको सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। देशका प्रथम राष्ट्रपति यादवले सबै मिलेर जाउन् भन्ने जनताको आदेश भएको बताए। राष्ट्रपति पदको शपथ ग्रहण गरेको दिन बुधबार बीबीसी नेपालीसेवासंगको विशेष अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। एउटा प्रश्नको उत्तरमा नेपाली काँग्रेसका महामन्त्री रहिसकेका यादवले भने, "नेपाली काँग्रेसमा सारा जीवन बिताएको मानिस भएकाले त्यसप्रति झुकाव हुने मानवीय कमजोरी म मा पनि हुन सक्छ।" तर उनले भने, "त्यो भन्दामाथि उठेर सबै पार्टीलाई समन्वय गरेर सहमति, सहकार्य र राष्ट्रिय एकताको भावना लिएर अगाडि बढ्नु मेरो पहिलो कर्तव्य हुन्छ। देश र प्रजातन्त्रप्रति मेरो बढी जिम्मेवारी हुन्छ।" एक प्रसंगमा उनले भने, "राष्ट्र सफल भयो भने म सफल भइहाल्छु।"
तराईमा बिखण्डनको आशंकाकाबारे उनले संविधान सभामा समानुपातिक चुनाव पद्धति एवं समावेशीकरणका कुराहरू त्यस्तो आशंका हटाउन सहायक हुने आशा व्यक्त गरेका छन्। राष्ट्रपति यादवले भने, "हामी हतियार र हिंसा, जातीयता र क्षेत्रीयताको बाटोबाट माथि उठ्नु पर्छ। हामी सबैभन्दा पहिला नेपाली हौं।" राष्ट्रिय एकता राष्ट्रिय एकता र मेलमिलापको प्रसंगमा उनले आफुहरूले एकताको सिद्धान्त नछोडेको बताए। राष्ट्रपति यादवले भने, "नेपाली सबै मिलेर देश बचाउनु पर्छ भनेपछि राजाले पनि नागरिक भएर बस्ने ठाउँ छ।" राष्ट्रपतिका हैसियतमा यादव अब नेपाली सेनाका सर्वोच्च कमाण्डर पनि बनेका छन्। तर उनको भनाइ छ, " म त्यो सेनाको कमाण्डर भनेर मैले उफ्रिने कुरा होइन। सर्वोच्च कमाण्डरका रूपमा मैले त्यसको हित सोच्नेछु। त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बचाउँदै अगाडि बढ्ने कोशिस गर्नेछु।" उनले नेपाली सेना प्रजातन्त्रप्रति प्रतिबद्ध संस्थाका रूपमा परिणत हुँदै आएको बताए र भने, राष्ट्रपति निर्वाचित हुँदा कस्तो अनुभव भएको छ भन्ने प्रश्नको उत्तरमा डाक्टर रामवरण यादवले भने, "मलाई सुखद अनुभव भएको छ। तर म रोमान्चित भएको छैन।" |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||