|
राष्ट्रपति र उपराष्ट्रपतिमा सातजना उम्मेदवार
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
शक्ति बाँडफाँडमा सहमति हुन नसके पछि चार प्रमुख दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा छुट्टा छुट्टै उम्मेदवार उठाएका छन्।
शनिवार हुने चुनावमा राष्ट्रपतिमा तीन र उपराष्ट्रपतिमा चारजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ। सरकारको नेतृत्व गर्न तम्सिएको सबैभन्दा ठूलो दल नेकपा माओवादीले राष्ट्रपतिमा नव जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहलाई
राष्ट्रपति र शान्ता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाएको छ। कोइराला, नेपाल वन्चित यसअघि राष्ट्रपतिको बलियो उम्मेदवारको रुपमा हेरिएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपालको सम्भावना बिहीबारदेखि अन्त्य भएको छ। नेकपा माओवादी उनीहरुलाई सहयोग गर्न तयार नभए पछि अन्य कनिष्ठ नेताहरुले उम्मेदवारी दिएका हुन्। नेपाली कांग्रेसले राष्ट्रपतिमा महामन्त्री डा. रामवरण यादव र उपराष्ट्रपतिमा मानवहादुर विश्वकर्मालाई उठाएको छ। त्यस्तै राष्ट्रपतिमा रामप्रित पासवान र उपराष्ट्रपतिमा अष्ठलक्ष्मी शाक्य नेकपा एमालेले उम्मेदवार बनेका छन्। चौथो ठूलो दल मधेसी जनअधिकार फोरमले उपराष्ट्रपतिमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश परमानन्द झालाई उठाएको छ। हालै गरिएको अन्तरिम संविधान संशोधन अनुसार राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारहरूले चुनाव जित्न साधारण वहुमत मात्र ल्याए पुग्छ। नेकपा माओवादीले नेपाली कांग्रेस, नेकपा एमाले वा तराईका दलहरुको गठवन्धन मध्ये जो सुकैको सहयोग पाए पनि वहुमत पुग्छ। तर माओवादी वाहेकको बहुमत पुर्याउन तीनै पक्ष एकजुट हुनु पर्छ। ‘धोका’ नेकपा माओवादीले तराईका दलहरुलाई साथ लिएपछि अन्य ठूला दलहरु माओवादी नेतृत्वको संभावित नयाँ सरकारमा नजाने भएका छन्। अन्तिम समयमा माओवादी अडान फेरिनुलाई नेकपा एमालेले धोकाको संज्ञा दिएको छ। आफूहरूले राष्ट्रपतिमा प्रस्ताव गरेको माधवकुमार नेपाललाई अस्वीकृत भएर अपेक्षित समीकरणमा नाटकीय परिवर्तन ल्याउने संकेत देखिएपछि एमाले महासचिव झलनाथ खनालले बीबीसीसँग भने, “माओवादीबाट धोका भएको छ, अब हामी नयाँ परिस्थितिका लागि तयार भएका छौं।” नेपाली कांग्रेसका एकजना महामन्त्री बिमलेन्द्र निधिले बीबीसीसँग भने, “अब हामी पनि नयाँ विकल्पका लागि तयार छौं।” |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||