BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
05 जुलाई, 2008 17:22 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
भाडादर विरोधमा नेपालगन्ज विमानस्थल अवरूद्ध
 
नेपालगन्ज विमानस्थल घेराउ गर्दै कर्णालीवासी
कर्णालीबासीले विहान छ बजेबाट विमानस्थल घेराउ गरी प्रवेशमा रोक लाएका थिए
हवाई यातायतको भाडादरमा मनपरी वृद्धि गरीएको भन्दै दुर्गम कर्णालीवासीले नेपालगन्ज विमानस्थल शनिवार दिनभर अवरूद्ध गरेका छन्।

चरण्बद्ध आन्दोलनमा उत्रेका कर्णालीबासीले विहान छ बजेबाट विमानस्थल घेराउ गरी प्रवेशमा रोक लाएका थिए।

दिनभर विमानस्थलको मुल गेटमा ताला लगाउन खोजने प्रर्दशनकारी र प्रहरीबीच भडप भै रहे।

सहमतिमा भाडा दर निर्धारण गर्नु पर्ने, सहुलियत भाडा दरमा उडान गरिनु पर्ने, विद्यार्थी लारई छुट दिनु पर्ने लगायतका माग गर्दै उनीहरु शुक्रवारबाट आन्दोलनमा उत्रेका हुन्।

भाडामा वृद्धि

पेट्रोलियम पदार्थको पटक पटकको मूल्य वृद्धिसँगै हवार्इ कम्पनिहरुले दुर्गम क्षेत्रमा पनि ५८ प्रतिशतसम्म भाडामा वृद्धि गरेका छन्।

तालाबन्दीलका कारण पूर्व निर्धारित उडानहरु अवरुद्ध भएकालेयात्रुहरु हातमा टिकट बोकेर गेट बाहिरै बस्न बाध्य भएका थिए।

अवरुद्ध विमानस्थल सञ्चालनमा ल्याउन प्रशासनले वार्ता प्रक्रिया अगाडी बढार्इने प्रयास गरे पनि सफल हुन सकेन ।

प्रर्दशनकारीहरुले आइतवार विमानस्थल खुल्ला गरीए पनि आफ्ना माग पुरा नभए सोमबारदेखी अनिश्चितकालसम्म नेपालगंज र सुर्खेत विमानस्थल अवरूद्ध पार्ने जनाएका छन्।

यस विमानस्थलबाट काठमाण्डू र दुर्गम क्षेत्रका विभिन्न आठ जिल्लामा उडान हुने गर्दछ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>