|
सुझावका लागि महिला सभासदहरु छलफलमा
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
संविधानसभामा मोफसलबाट प्रतिनिधित्व गर्ने महिला सभासदहरु संविधानसभाको बैठकमा उठाउने एजेण्डा बारे गाउंमा छलफलमा व्यस्त देखिएका
छन्।
समानुपातिक तर्फबाट सभासद बन्न सफल मोरङकी भोटनीदेवी खवास र कवितादेवी सरदार बांतर मोरङको ग्रामीण क्षेत्रमा पर्ने लखन्तरीमा आयोजित एक छलफल कार्यक्रममा सभासदद्वय खवास र बांतरले आगामी संविधानसभा बैठकमा महिलाका विषयमा के कस्ता मुद्दा उठाउन सकिन्छ भनेर गाउंका दिदी बहिनीसंग छलफल सुरु गरेको जानकारी दिए। सभासद्हरु गाउं-गाउं पुगेर छलफल चलाउंदा स्थानीय वासिन्दा पनि खुसी हुने गरेको स्थानीय महिला देवी खड्काले बताइन्। उनले भनिन्," सभासद्हरु गाउं-गाउं आएर समस्याका बारेमा छलफल गर्दा हामी धेरै खुसी भएका छौं।" स्थानीय वासिन्दाले स्वास्थ्य, शिक्षा, महिला अधिकार र विकास निर्माणका कार्यलाई प्राथमिकता साथ बैठकमा सुझाव दिने गरेको अर्की सभासद सरदारले बताइन्। दलित उनले आफू मधेसी दलित समुदायबाट प्रतिनिधित्व गर्ने सभासद भएकोले दलितका अधिकारका विषयमा संविधानसभामा कुरा उठाउने बताइन्। त्यसो त मधेसी जनअधिकार फोरमकी सभासद आशाकुमारी सरदार पनि गाउंमा महिलाहरुसंग छलफल चलाएको बताउंछिन् । उनले भनिन्,"हामीलाई सत्ताभन्दा पनि कसरी महिलाको समान अधिकार र राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउने भन्ने चिन्ता बढी छ।" ग्रामीण क्षेत्रबाट प्रतिनिधि ती महिलाहरुले सुरु गरेको छलफल अभियानलाई पर्यवेक्षकहरूले महिला अधिकारका लागि एउटा कोशे ढुङ्गो सावित हुने कदम भनेका छन्। |
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||