BBCNepali.com Launch BBC Media Player
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
08 मे, 2008 16:07 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
संविधानसभाको अन्तिम परिणाम घोषणा
 
भोजराज पोखरेल
प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आफ्नो जिम्मेवारी पुरा भएको बताएका छन्।
चैत २८ गते सम्पन्न संविधानसभा चुनावबाट निर्वाचितहरूको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

महिला, मधेशी, जनजाती, दलित लगायत पिछडिएका वर्गको प्रतिनिधित्व पहिलो पटक संविधानसभामा निकै बढेको छ।

नेकपा माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो र नेकपा एमाले तेश्रो ठूलो दलको हैसियत पाएको संविधानसभामा कसैको बहुमत नआएको यसअघिकै प्रारम्भिक परिणामबाट स्पष्ट भैसकेको थियो।

निर्वाचन आयोगले सो चुनावबाट निर्वाचितहरूको अन्तिम नामावली प्रधानमन्त्री र व्यवस्थापिका संसदलाई बिहीबार नै बुझाइसकेको छ।

त्यसरी बुझाइएको नामावलीमा प्रत्यक्षबाट २३९ र समानुपातिकबाट चुनिएका ३३५ जना गरी ५७४ जनाको नाम छ।

६०१ सदस्य रहने संविधानसभामा सरकारले २६ जना मनोनित गर्ने प्रावधान छ।

महोत्तरी क्षेत्र नं ६ को परिणाम भने संविधानसभा अदालतको अन्तरिम आदेशले गर्दा घोषणा हुन सकेको छैन्।

आयोगले बिहीबार समानुपातिक प्रणालीबाट निर्वाचित ३३५ जनाको नामको टुंगो लगाए पछि चुनावी परिणामले पूर्णता पाएको हो।

उनीहरुको प्रमाणपत्र एक कार्यक्रमकाबीच सम्बन्धित दलहरुलाई बुझाउँदै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, "स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा संविधानसभा निर्वाचन सम्पन्न गर्ने ध्येय सम्पन्न भएको छ।"

समावेशी अनुहार

प्रतिनिधित्वको हिसावले संविधानसभामा निकै समावेशी देखिनेछ।

इतिहासमै पहिलो पटक महिला र जनजातीले करिव ३३-३३ प्रतिशत, मधेशीले ३४ र दलितले ८ प्रतिशत स्थान संविधानसभामा पाएका छन्।

दुवै प्रणाली गरी प्रतिष्पर्धा गरेका ५४ दलका झण्डै १० हजार उम्मेदवारहरु मध्ये २५ वटा दलका मात्र विजयी भएका छन्।

चुनावको पर्यवेक्षण गरेका ६० हजार भन्दा बढी स्वदेशी र विदेशी पर्यवेक्षकहरुले चुनाव सामान्यतया शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न भएको प्रतिवेदन दिएका थिए।

आयोगले चुनावको सम्पूर्ण दायित्व पुरा गरे पछि संविधानसभाको बैठक डाक्ने बाटो खुला भएको संविधानविद्हरूको भनाइ छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस्   छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>