Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
01 नोभेम्बर, 2007 17:25 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
कोइरालाद्वारा छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त
 
सम्मेलनमा कोइराला
कोइरालाले संवाद र सहमतिबाट समस्याको समाधान खोज्नुपर्ने कुरामा जोड दिएका छन्
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा विचाराधीन माओवादी प्रस्ताववारे छिट्टै निर्णयमा पुगिने विश्वास व्यक्त गरेका छन्।

चिकित्सकहरुको राष्ट्रिय संगठन, नेपाल मेडिकल एसोसियसनको तेइसौं राष्ट्रिय सम्मेलनको उदघाटनकालागि गृहनगर बिराटनगर आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिले उत्पन्न गतिरोध खासै ठूलो समस्या नभएको बताए।

तर सहमतिको सूत्र के हुनसक्छ भन्ने चाहिं उनले बताएनन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणासंबन्धी माओवादी प्रस्तावबारे अन्तरिम संसदको विशेष अधिवेशनमा छलफल जारी रहेपनि कुनै टुंगो लागेको छैन।

दुई घन्टा लामो बिराटनगर बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राजनीतिक गतिरोध अन्त्यकालागि तत्काल निष्कर्ष मा पुग्नु जरुरी रहेको बताए।

'पुच्छर अड्क्यो'

उनले भने, "हात्ती छि-यो, पुच्छर अडक्यो जस्तो भएको छ। यो समस्याको हामीले समाधान ग-यौं भने शान्ति, स्थायित्व र चुनाव पनि हुन्छ।"

हाम्रा बिराटनगरस्थित संवाददाता भन्छन्, निक्कै हतारमा देखिएका प्रधानमन्त्री कोइरालाले राष्ट्रको उन्नति संवाद र सहमतिबाट मात्र संभव हुने बताए।

उनले भने, "कुनै असमझदारी छ भने मिलाउनु पर्छ, अगाडि आइसके पछि लथालिंग पार्नुहुंदैन। पूर्णता दिनु पर्छ।"

सैनिक हेलिकोप्टरमा विराटनगर आएका कोइराला बिहीबार नै राजधानी फर्केका थिए ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>