BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
15 मे, 2007 14:04 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
नयाँ नेपालमा जातीय भेदभाव ?
 
शैलेश्वरी मन्दिर
दलितहरुले आन्दोलन गरेपछि डोटीको शैलेश्वरी मन्दिरमा उनीहरुलाई प्रवेश खुला गरिरएको छ
नेपालमा राज्य पुनर्संरचनाको बहस चलिरहंदा समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको प्रश्नलाई विशेष महत्वका साथ उठाइंदै छ।

यि प्रश्नहरु विशेष गरी देशमा बर्षौंदेखि राज्यको मूलधारमा स्थान पाउन नसकेको भनिएका मधेशी, आदीवासी जनजाती, महिला र दलितका सन्दर्भमा उठ्ने गरेका छन्।

दलित बाहेक अन्य सबै समुदायले आ-आफ्नो अधिकारका विषयलाई लिएर पछिल्लो समयमा आवाजहरु उठाइरहेका छन्।

दलितहरुको आवाज भने त्यति सशक्तरुपमा उठेको देखिएको छैन।

दलितहरुको मुख्य मुद्दा जातीय भेदभाव र छुवाछुतको समस्या हो।

युगौंदेखि नेपाली समाजमा बलियो जरो गाडेर बसेको यो समस्या राज्यले कानून नै बनाएर निषेध गरिसक्दा पनि के गाउं, के शहर, के शिक्षित, के अशिक्षित सबै क्षेत्रमा सजीलै देख्‍न सकिन्छ।

यही मुद्दामा केन्द्रीत रहेर बीबीसी नेपाली सेवाका कार्यक्रम निर्माता जीतेन्द्र राउतले नयां नेपालको सन्दर्भमा जातीय भेदभावको वास्तविकता अनि समावेशीकरणको परिकल्पनाबीचको असमानतालाई 'जातभातका कुरा' मा केलाउने प्रयास गरेका छन्।

कार्यक्रम १
कार्यक्रम २
कार्यक्रम ३
 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>