BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
02 जनवरी, 2007 16:15 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
चितवन राष्ट्रिय निकुञ्जभित्र सुरक्षा चौकीहरु पुनर्स्थापित
 
विश्वमा नै दुर्लभ मानिने एकसिंगे गैंडा चोरीशिकारीले भटाभट मार्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र सुरक्षा चौकीहरू स्थापना गर्न थालिएको छ।

चितवन राष्ट्रिय निकञ्जभित्र रहेको धेरैजसो सुरक्षा चौकीहरूमा द्वन्द्वको अवधिमा माओवादीले विस्फोटन र आगजनी गरेर क्षति पु-याएका थिए भने केही चौकीहरू असुरक्षाका कारण हटाइएको थियो।

गैंडा मारिने क्रम तिब्र हुंदै गएपछि गैंडा संरक्षण र चोरी शिकार नियन्त्रण गर्न सुरक्षाचौकी विस्तार गरी पहिलेकै अवस्थामा ल्याइने अधिकारीहरूले बताएका छन्।

मुलुकमा द्वन्दका कारण शान्ति सुरक्षाको अवस्था नहुँदा निकुञ्जभित्रका ३४ वटा सुरक्षा चौकी १० वटामा सिमित भएको थियो।

शान्ति सम्झौतापछि प्रहरी चौकी पुनर्स्थापनामा माओवादीहरूले अवरोध पु-याउँदै आएपनि निकुञ्जभित्र गैंडा संरक्षणका लागि पुनर्स्थापना गरिएको सुरक्षा चौकीमा भने कुनै अवरोध पु-याएका छैनन्।

निकुञ्जले १० वटामा सिमित रहेको सुरक्षा चौकीलाई पुनर्स्थापना गरी १८ वटामा पु-याएको छ।

पुनर्स्थापना गरिएको सुरक्षा चौकीहरूमा सेना र निकुञ्जका कर्मचारीहरू रहेका छन्।

अन्य चौकीहरू स्थापना गर्न र स्थापना गरिएको चौकीको भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक अभाव रहेको प्रमुख संरक्षण अधिकृत गोपाल उपाध्यायले बताए।

उनले भने,''ध्वस्त भएको संरचनाहरूको पुनर्निर्माणका लागि ठूलो धनराशीको आवश्यकता हुन्छ। त्यसका लागि श्रोत जुटाउने काम राज्यबाट भैरहेको छ।''

चोरी शिकारीका कारण गत साउन यता १२ वटा गैंडा मारिएका छन्।

चितवनमा गैंडा मारिने क्रम तिव्र हुँदै गएपछि राजनीतिक दल, मध्यवर्ति क्षेत्र, सर्वसाधारण, होटेल ब्यवसायीहरूले गैंडा संरक्षणका लागि प्रतिवद्धता जनाउनुका साथै सुरक्षा चौकीहरू बढाउनुपर्ने माग गरेका थिए।

चौकी पुनर्स्थापना र निकुञ्ज बनको गस्तिका वावजुद पनि गैंडा मारिने क्रम भने रोकिएको छैन।

चोरी शिकारीले फेरी अर्को गैंडा मारी खाग, खुर समेत लगेका छन्।

सन् २००५ को गैंडा गणना अनुसार चितवनमा ३७२ वटा गैंडा रहेकामा ३८ वटा गैंडा मरेका छन्।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>