|
राजतन्त्रबारे पुनर्विचार हुनसक्छ: प्रचण्ड | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
माओवादी अध्यक्ष प्रचण्डले संविधान सभाको निष्पक्ष निर्वाचनबाट राजतन्त्रको पक्षमैं परिणमा आएपनि त्यो स्वीकार्य हुने बताउनुभएको छ।
तर आफ्नो पहिलो रेडियो अन्तर्वाताका क्रममा बीबीसी नेपाली सेवासंग कुरा गर्दै उहाँले त्यस्तो निर्वाचन अन्तराष्ट्रिय निरीक्षकहरूको सुपरीवेक्षणमा हुनुपर्ने बताउनुभयो। श्री प्रचण्डले भन्नुभयो, "यदि राजा संविधान सभाको निर्वाचनका लागि सहमत भए हामी नयाँ परिस्थितिकाबारेमा सोचविचर गर्न सक्छौं।" माओवादी नेताहरूले सिद्धान्तत: अझैपनि तिनको उद्देश्य नेपाललाई गणतन्त्रमा परिणत गर्नु रहेकोमा जोडदिने गरे पनि हालैका तिनको व्यवहारमा काफि लचकता आएको देखिन्छ। प्रमुख सात राजनीतिक दलहरूसित भएको १२ बुँदे सम्झौतामा 'गणतन्त्र' भन्ने शब्द एक ठाउँमा पनि उल्लेख गरिएको छैन। विगतमा भन्दा ठिक विपरित माओवादी अध्यक्ष प्रचण्डले राजाका विरूद्ध अपमानजनक शब्दको प्रयोग पनि गर्नुभएको छैन। शाही सरकारले संविधान सभाको निर्वाचनको मागलाई प्राय अस्विकार गर्दै आएकोछ। तर हाल विद्रोहीहरूले तिनका अडानलाई केही नरम तुल्याएका छन् जसले गर्दा सरकारलाई पनि उसको अडानमा पुनर्विचार गर्ने अवसर मिल्न गएको कतिपयको विश्वास छ। माघ १९ को शाही कदमपछि नेपालमा गणतन्त्रको आवाज चर्को रूपमा उठ्ने गरेको छ तर कतिपय नेपालीहरू नेपाललाई तहसनहस हुनबाट जोगाउन राजतन्त्रको भूमिका अपरीहार्य ठान्दछन्। | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||