BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
 
08 मे, 2005 17:41 GMT सम्मका समाचारहरु
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
सात पार्टी संयुक्त आन्दोलनका लागि एकमत
 
शाही कदम विरुद्व आन्दोलनरत् सात राजनीतिक दलहरु प्रजातन्त्र फर्काउनमा राजा ज्ञानेन्द्रलाई दबाब दिन एउटा संयुक्त आन्दोलनको शुरुवात गर्ने कुरामा सहमत भएका छन्।

माधवकुमार नेपाल र गिरिजाप्रसाद कोईराला
श्री नेपाल तथा श्री कोईराला दुबैले अहिले राजासंग संवाद नहुने बताउनुभएको छ

आईतबार काठमाण्डौमा आयोजित एउटा पत्रकार सम्मेलनमा साझा सहमतिपत्रमा हस्ताक्षर गर्दै ती दलहरु तीन बर्षअघि विघटित प्रतिनिधि सभा पुनर्स्थापनालाई मुलूकमा विद्यमान द्वन्दहरुको प्रस्थानविन्दू बनाउन सहमत भएका हुन्।

त्यसका निम्ति संविधान सभा लगायतका सबै प्रजातान्त्रिक प्रक्रियाको अबलम्बन गर्न तयार रहने प्रतिबद्वता पनि दलहरुले व्यक्त गरेका छन्।

एक दुई दिनभित्रमा देशव्यापी शान्तिपूर्ण आन्दोलनहरुको शुरुवात हुने कुरा बताईएको छ।

सो सहमति-पत्रमा नेताहरुले विगतमा आफूहरुबाट पनि गल्तीहरु भएका र त्यस्ता गल्तीहरुलाई फेरि नदोह-याउने बताउंदै आत्मालोचना गरेका छन्।

दलहरुले राष्ट्रिय महत्वका विषयमा जनमत संग्रहको प्रावधान, सेना जननिर्वाचित सरकारप्रति जवाफदेही हुने व्यवस्था, आरक्षण, समानुपातिक विकास र प्रतिनिधित्वको आवश्यकता पनि औंल्याएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले देशको शासनसत्ता आफ्नो हातमा लिने राजाको कदमको भर्त्सना गर्नुभयो।

उहांले वर्तमान अवस्थामा राजासंग संवाद हुने कुनैं संभावना नरहेको बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव माधव कुमार नेपालले, सबै सात दलहरु संवैधानिक सुधार, सम्पूर्ण राजनीतिक बन्दीहरुको रिहाई तथा प्रेस स्वतन्त्रता पुनर्वहालीको माग लगायतका साझा एजेण्डामा सहमत भएका बताउनुभएको छ।

 
 
ताजा समाचार
 
 
साथीलाई ई मेल गर्नुस् छाप्न मिल्ने
 
  हाम्रो बारेमा | सम्पर्क ठेगाना | सहयोग | गोप्यता
 
BBC Copyright Logo ^^ शुरुमा जानुहोस्
 
  मुख पृष्ठ | अन्य आकर्षण | मौसम | कार्यक्रमहरु | साझेदारहरु | फ्रिक्वेन्सीहरु
 
  BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>