'ठूला आयोजनालाई बजेट अभाव हुन नदिने'

  • 30 मार्च 2014
प्रधानमन्त्री कोइरालाले आफ्नो गृह क्षेत्रकै परीयोजनालाई प्राथमिक्तामा राखेका छन्

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रीय गौरवका आयोजनाहरु चाँडो पुरा गर्न सरकारले पर्याप्त बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन्।

पदभार सम्हालेपछी पहिलो पटक राष्ट्रीय गौरवका आयोजनाको अवलोकन गरेका प्रधानमन्त्री कोइरालाले ती आयोजनामा भैरहेको काम प्रति सन्तोष जनाए।

प्रधानमन्त्री कोईरालाले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको र बर्दीयामा रहेको बबई सिंचाई आयोजनाको निरीक्षण गरेका थिए।

मुआब्जा

बाँकेमा सिक्टा सिंचाई आयोजनाका मुआब्जा बिबाद रहेको कर्मचारी र ठेकेदार कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

यसले काममा प्रभाव परेको भन्दै सल्टाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

३३ हजार हेक्टर जमिनमा सिंचाई सुबिधा दिने लक्ष्यका साथ शुरु गरीएको सिक्टा सिंचाई आयोजनाको कोहलपुर क्षेत्र सम्मको मुख्य नहर निर्माण भैसकेको छ।

२०४६ साल देखी निर्माण थालनी गरीएको बबई सिंचाई आयोजनाको हाल सम्म आधा मात्र काम भएको जानकारी योजना प्रमुख महेश्वर नर्सिंह केसीले जानकारी दिए।

उनले भने, “३६ हजार हेक्टरमा सिंचाई सुबिधा पुर्याउने लक्ष्य हो तर यो आर्थिक बर्षको अन्त सम्म १७ हजार हेक्टरमा सिंचाई सुबिधा पुर्याउन सक्ने छौ।”

बजेट

स्थानीय उपभोक्ताहरुसँग पनि छलफल गरेका प्रधानमन्त्रीलाई उपभोक्ताहरुले आयोजनामा बजेट थप गर्न माग गरेका थिए।

स्थलगत निरीक्षण र छलफल पछी प्रधानमन्त्री कोइरालले राष्ट्रीय गौरवका आयोजनाहरुका लागी बजेटको अभाव हुन नदिने जानकारी गराए।

उनले भने, “हाम्रा दातृ देशहरु कृषी क्षेत्रको भौतिक निर्माणका लागी सहयोग गर्न तयार छन्, उनीहरुसँग कुरा गरौला।”

उत्पादका दृष्टिले उर्भर भुमी मानिने बाँके र बर्दीयामा सिक्टा सिंचाई, बबई सिंचाई र भेरी बबई डाईभ्रसनको काम सम्पन्न भए यी जिल्ला भित्र उत्पादन हुने खाध्यान्नले मध्यपश्चिम क्षेत्रभरी कै खाध्यान्न समस्या हल गर्ने सरकारी बिश्वास रहेको छ।